जेष्ठ नागरिकलाई सम्मानसँगै कम्बल

नेपालगन्ज उप–महानगरपालिका वडा नं १८ ले जाडो तथा शीतलहरबाट बच्नका लागि जेष्ठ नागरिक वडाबासीको सम्मानका लागि कम्बल वितरण गरेको छ । शनिवार एक कार्यक्रमबीच ६० बर्ष भन्दा माथीका जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुका लागि कम्बल वितरण गरिएको हो ।


वडा अध्यक्ष दीपक कुमार बर्माले कोरोना प्रोटोकलका कारण बितरण ढिलो भएपनि सरोकारवालाहरुको सहभागिताले आफु उत्साहित भएको बताए । कार्यक्रमबीच करीब सात सय जनालाई कम्बल वितरण गरिएको वडा सदस्य दिग्बिजय ढुगांनाले जानकारी दिए । उनका अनुसार, शारीरिक रुपमा अशक्त तथा कार्यक्रममा पुग्न नसकेका जेष्ठ नागरिकहरुलाई अध्यक्ष बर्माले घरघरमै पुगेर कम्बल वितरण गर्ने योजना बनाइएको छ ।


अनुग्रह सेवा नामक संस्थाबाट प्राप्त १२५ थान र वडा नं १८ कार्यालयबाट ६०० थान कम्बल बितरण गर्ने योजना रहेको जानकारी गराउँदै वडाध्यक्ष बर्माले अधिकाँश कार्यक्रममै वितरण गरिएको र बाँकीलाई घरदैलोमै पुगेर उपलब्ध गराइने बताए ।

विशालनरगरमा ‘हाइमास्ट’को उज्यालो

प्रतिक्रिया

प्रतिक्रिया