केबल टेलिभिजन, ईन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले आफ्नो २१औं स्थापना दिवस नेपालगन्जमा पनि मनाउने भएको छ । शुक्रबार स्थापना दिवसको पारेर नेपालगन्ज लगायत देशका २१ स्थानमा एकसाथ रक्तदान कार्यक्रम गर्न लागेको सुविसुका प्रदेश प्रमुख खगेन्द्र शाहीले जानकारी दिए ।
हामी रक्तदान जस्तो पुण्य समाजसेवा कार्यका लागि सबैलाई आग्रह गर्दछौं
सुबिसु नेपालगन्ज ब्रान्च शाखाका म्यानेजर रामप्रसाद आचार्यका अनुसार, सामाजिक उत्तरदायित्वलाई कार्यान्वयन गर्ने उद्देश्यका साथ कम्पनीले बाँकेको नेपालगन्जमा समेत रक्तदान गर्न लागिएको हो । त्यसका लागि तयारी भैरहेको उनले बताए । ‘हामी रक्तदान जस्तो पुण्य समाजसेवा कार्यका लागि सबैलाई आग्रह गर्दछौं’, उनले भने ।
समाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम सञ्चालन गर्न लागेको बताइएको छ । ‘रेडक्रससगँको सहकार्यमा गर्न लागिएको यस कार्यक्रममा सम्पूर्ण १८ वर्ष भन्दा माथिका व्यक्ति जो रक्तदानको लागि सक्षम हुनुहुन्छ उहाँहरुको सहभागिता प्रति कम्पनी सराहनीय हुनेछ, आचार्यले भनेका छन् ।