बर्दियाको राजापुरमा भिमसेन चौधरीको नेतृत्वमा बर्दिया युनेस्को क्लब टपराको गठन गरिएको छ । सामाजिक हित र स्थानीय बासिन्दामा चेतना ल्याउनका लागि युनेस्कोलाई राजापुर बिस्तार गरिएको हो ।
राजापुरको मानपुर टपरामा स्थानीय समाजसेवी, बुद्धिजिवी र सर्वसाधारणको एक भेलाले चौधरीको अध्यक्षतामा बर्दिया युनेस्को क्लब टपराको ११ सदस्यीय तदर्थ समिति गठन गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
क्लबको उक्त तदर्थ समितिको उपाध्यक्षमा कृपा शंकर चौधरी, महासचिवमा राम बहादुर चौधरी, सचिव रिता चौधरी, कोषाध्यक्ष निर्मला चौधरी र सदस्यहरुमा सन्तोष थारु, गर्भु चौधरी, युवराज चौधरी, राधेश्याम चौधरी, राज कुमार चौधरी र छोटेलाल चौधरीको चयन गरिएको छ ।
कार्यक्रममा बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष प्रवेज अली सिद्दिकीले बर्दिया युनेस्को क्लब टपराको गठन गरिएकोमा खुशी व्यक्त गर्दै सो क्लबले उक्त क्षेत्रमा उल्लेखनीय सामाजिक काम गर्ने विश्वास व्यक्त गरे । संस्थापक अध्यक्ष सिद्दिकीले जसरी राजापुर क्षेत्र बर्दियामा सबैभन्दा पिछडिएको क्षेत्र भएकोले यो क्लबले यस क्षेत्रको सर्वागिण विकास र चेतनाका लागि काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले नवगठित बर्दिया युनेस्को क्लब टपराका पदाधिकारीलाई टिका लगाएर सम्मान गर्दै यो क्लबबाट यस क्षेत्रका जनताले धेरै कुरा पाउने आशा राखेको बताए ।
सो अवसरमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर लगायतले पनि बर्दिया युनेस्को क्लब टपरा गठन भएकोमा बधाई तथा शुभकामना राखेका थिए । बर्दिया युनेस्को क्लब टपराका अध्यक्ष भिमसेन चौधरीले युनेस्को क्लबहरुको गर्विलो इतिहास र कार्यलाई मार्गचित्रका रुपमा अंगालेर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् ।