नेपालगन्जमा प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । वात्सल्य नेचुरल आई.भी.एफ. ले नेपालगन्जसँगै देशका प्रमुख चार शहरहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।

शिविरमा सेवाग्राहीहरुले आफ्नो प्रजनन् अवस्था सम्बन्धि छलफल गर्न तथा निःसन्तान हुनुको कारण पहिचान गर्न सक्ने जानकारी दिंदै वात्सल्यले सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न सक्ने जनाएको छ ।
७० प्रतिशत सम्मको आई भी एफ सफलता दर हासिल गर्दै आएको, सहयोगी प्रजनन उपचार विधिमा अग्रणी, वात्सल्य नेचुरल आई. भी. एफले निःसन्तान सम्बन्धि संकुचित साेंच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउने क्रममा शिविर सञ्चालन गर्न लागेको जनाएको छ ।
प्रेस विज्ञप्ति मार्फत् वात्सल्यले दिएको जानकारी अनुसार, नेपालगन्जमा आगामी पौष १७ गते वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको सहभागितामा शिविर आयोजना गरिनेछ । ‘सेवाग्राहीको मागलाई मध्यनजर प्रजनन सम्बन्धि आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच बढोस् भन्ने हेतुले एक दिने शिविर आयोजना गर्न लागिएको हो,’ विज्ञप्तिमा भनिएको छ ।