समाजले गर्यो सम्मान, शाहले गरिन् फिर्ता

नेपालगन्जस्थित मुस्लिम समाज नेपालले समाजका विभिन्न भूमिकामा उल्लेख्य योगदान दिनेहरुलाई शनिवार सम्मान गरेको छ ।
समाजले नवनिर्वाचितहरु पदाधिकारीहरुको सपथ ग्रहण तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।


नेपालगन्ज मुस्लिम समाज नेपाल नामक संस्थाले दर्ता नहुँदै मुस्लिम समुदायको आर्थिक सहयोगमा विगत लकडाउन देखि विभिन्न विपदामा समुदायलाई खाद्यान्न र दैनिक प्रयोजनका सामान वितरण गर्दै सहयोग गर्दै आइरहेको छ ।


कार्यक्रममा विभिन्न क्षेत्रमा रही कोभिडको बेला योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको हो । अधिकारकर्मीसमेत रहेकी दैनिक नेपालगन्जकर्मी शाहिदा शाह, कसौधन समाजका अध्यक्ष नन्दलाल बैश्य, लायन्स लिडर भावना सापकोटा लगायतलाई पूर्वमन्त्री मो. इस्तियाक राईले सम्मान गरे ।


अधिकारकर्मी शाहिदा शाहले भने महिलाको अपमान र अवहेलना भएको भन्दै सम्मानपत्र फिर्ता गरेको बताइन् । ‘मञ्च करिब २५ जना अतिथिमा बल्लबल्ल एक जना महिलालाई पछाडिको लाइनमा बसालेर र सम्मान पाउने दुई जना महिला मध्ये कसैलाई बोल्ने अवसर दिइएन,’ शाहले कार्यक्रममै अध्यक्ष सामु सम्मान फिर्ता गरेको जानकारी दिंदै भनिन, ‘एकाउन्न प्रतिशत जनसंख्या रहेको महिलाहरुलाई कुनै पनि बहानामा अपमान गर्ने अधिकार कसैलाई छैन ।’

‘चाहे त्यो कुनै राजनीतिक दल, सामाजिक संस्था वा व्यक्ति किन न होस् । यदि कसैले नियतवश वा अन्जानमा भए पनि चेस्टा गर्छ भने त्यसलाई चेताउन र स्मरण गराउन त्यसको विरोध गर्नुपर्छ र हुनुपर्छ,’ शाहले भनिन्, ‘कुनै पनि बहानामा कि समय भइदिएन्, मञ्च सानो भयो, अर्को पटक ख्याल गरौला आदि जस्ता बहाना अब मान्य हुने छैन ।’

प्रतिक्रिया

प्रतिक्रिया