सन्तानेश्वरमा पानीका लागि एकलाख

बाँकेको नरैनापुर स्थित सन्तानेश्वर महादेव मन्दिरमा खानेपानीको चरम अभाव पूर्तिका लागि सहयोग पहल गरिएको छ । त्यसका लागि साइकल अभियन्ता सतिश निरौलाको पहलमा एक लाख रुपिया प्रदान गरिएको हो ।


निरौलाले नेपालगन्ज कोरा–२०२१ मा प्रति किलोमीटर रुपैयाँ १ हजार का दरले १०० किलोमिटरका लागी स्पोन्सर आव्हान गरि जुटेको रकम सोमवार नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले दिब्यदर्शी आश्रम सन्तानेश्वर महादेव मन्दिरका मूलमहन्त योगानन्द गिरिजी महाराजलाई प्रदान गरेकी हुन् । ‘एक किलोमीटर देखि १० किलोमीटरसम्म स्पोन्सर भएको थियो,’ एकसय किलोमीटर साइकल दौड लगाएका निरौलाले भने, ‘५८ जनाबाट प्राप्त सहयोग हस्तान्तरण गरिएको हो ।


अभियानका सञ्चालक निरौलाले आफू उक्त मन्दिर स्थल पुग्दा खानेपानीको निकै नै समस्या देखेपछि अभियान थालेको बताए । त्यसैबीच नेपालगन्ज साइक्लिङ्गक्लबका संस्थापक उपाध्यक्ष, युवा ब्यबसायी अम्बे फर्निचर गार्डेनका प्रोपराइटर पन्कज श्रेष्ठले १ हजार लिटरको खानेपानी ट्यान्की सन्तानेश्वर मन्दिरको लागि हस्तान्तरण गरेका छन् । ‘हाम्रो अभियानबाट प्रेरित भएर श्रेष्ठले गरेको घोषणा पुरा गरेका हुन्,’ निरौलाले भने ।

प्रतिक्रिया

प्रतिक्रिया