बाँकेको खजुरा गाउँपालिकामा मंगलवार निजामति दिवस मनाइएको छ । निजामती सेवा दिवसको अवसर पारेर खजुरामा विरामिलाई फलफुल वितरण गरिएको छ । सुशिल कोइराला प्रखर परोपकार मिसन क्यान्सर अस्पताल खजुरामा उपचार गराइरहेका बिरामीहरुलाई निजामति कर्मचारीहरुले भेट गरि फलफुल वितरण गरेका हुन ।
निजामति कर्मचारी सघं खजुराका अध्यक्ष तथा खजुरा गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य गिरिधारी पौडेलको अध्यक्षतामा विरामिहरुलाई फलफुल वितरण गरि स्वास्थ्य लाभको कामना गरिएको थियो । खजुरा गाउँपालिका स्तरिय निजामति कर्मचारीहरुले विरामिलाई फलफुल वितरण सगै कार्यालय परिसरमा वृक्षारोपण पनि गरेका थिए ।
“व्यावसायिक र सृजनशील प्रशासन, विकास ,सम्वृद्धी र सुशासन” निजामती सेवा दिवस २०७८ नारा सहित यस पटकको दिवस मनाइएको छ । खजुरा गाउँपालिका स्तरीय निजमती कर्मचारी सङगठनले दिवसको अवसरमा जनता, जनप्रतिनिधि र कर्मचारी विच सुमधुर सम्बन्ध रहिरहन आफुहरुले आफ्नो तर्फबाट कुनै कमि हुन नदिने प्रतिवद्धता जनाएका थिए । विकासको लागी जनता, जनप्रतिधि र कर्मचारीले बराबर आफ्नो क्षेत्रबाट इमान्दारिता पुर्वक कार्य गर्न आवश्यक रहेको बताएका थिए ।