पीडितको सहयोगमा मानव अधिकार सहायता डेक्स

 मानव अधिकार रक्षकको पेशागत सुरक्षा र मानव अधिकार उल्लघंनका पीडितको न्यायको पहुँचमा सहयोग गर्दै आएको मानव अधिकार डेक्सले कोरोना कहरमा मानव अधिकारको अवस्था बारे सदस्यहरु बिच सुक्रवार  छलफल गरेको छ ।
कोरोना कहरमा आम नागरिकको जिवन, स्वास्थ्य लगायतका आधारभुत मानव अधिकारमा उपभोगमा असर पु¥याएको ठहर गर्दै बिगतमा झै भावी दिनमा पनि मानव अधिकार रक्षकको सुरक्षा र पीडितको न्यायको पक्षमा काम गर्ने निर्णय गरेको छ । इन्सेकमा सचिवालय रहेको पीडित सहायता कक्षले घरेलु हिंशा, लैगिक हिंशा, द्धन्द्ध पीडित लगायतमा पीडितहरुलाई आर्थिक सहायता समेत प्रदान गर्दै आईरहेको इन्सेकमा भोला महतले जानकारी दिए ।

फन्टलाईनलाई स्वास्थ्य सामाग्री
मानव अधिकारको सम्बद्र्धन र सम्बद्र्धनका लागी अग्रपङ्तीमा रहेर काम गर्ने मानव अधिकार रक्षकहरुका लागी स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जको आयोजना र डिसिए, सिभिल सोसाईटि डेप्लोमेन्टको सहयोगमा मानव अधिकार सहायता कक्ष नेपालगन्जका सदस्यहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको हो ।
सदस्यहरुलाई इन्सेक लुम्बिनी प्रदेश कार्यालयका प्रमुख भोला महतले थर्ममिटर, मास्क,सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका थिए । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै इन्सेक प्रदेश प्रमुख भोला महतले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा ईन्सेकबाट प्राप्त स्वास्थ्य सामाग्रीले ठुलो सहयोग पुग्ने बताउदै मानवअधिकार सहायता कक्षलाई निरन्तरता दिनको लागि सबैको सहयोगको आवश्यकता रहेको  बताए ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल बार एशोसीएसनका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले व्यत्तिले गरेको अपराधलाई समाजसंग जोडन नहुने बताउँदै व्यत्तिलाई व्यत्तिगत रुपमा सजाय दिनको लागि पहल गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंगको अध्यक्ष दामोदर भण्डारीले अहिलेको समयमा पत्रकारहरुबाट नागरिकहरु पिडित भएको बताउदै पत्रकारहरुबाट हुने साईबर अपराध रोक्नको लागि पत्रकार महासंघले काम गर्ने बताए ।

कार्यक्रममा अधिकारकर्मी वसन्त गौतमले कोरोना कहरमा आम नागरिकको जिवन, स्वास्थ्य लगायत बाँच्न पाउने अधिकारको संरक्षणका लागी अधिकारकर्मी अग्रपङ्तीमा रहेर काम गरेको उल्लेख गर्दै अधिकारकर्मीहरुले आम नागरिकको आधारभुत मानव अधिकार संरक्षणका लागी आपसी समन्वय र सहकार्यलाई अझै प्रभावकारी बताउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका नेपालगंज प्रमुख झंङ्कर रावल, अधिकृत द्धारिका अधिकारी,नेपाल बार एशोसिएसनका केन्द्रि उपाध्यक्ष सुनिक कुमार श्रेष्ठ, गैसस महासंघका बाँके अध्यक्ष नमस्कार शाह, अधिकारकर्मी वसन्त गौतम, प्रभात कुमार ठकुरी, सुरेश कुमार गौतम, शिद्धराज पनेरु, मैमुना सिद्धिकी, नेपालगंज उच्च बारका पुर्व अध्यक्ष बिकाश आचार्य, जिल्ला बार अध्यक्ष जनक बहादुर शाही लगायतले मानव अधिकारकर्मीले ब्यवशायिक आचरण पालना गर्दै आपसी समन्वयमा मानव अधिकारको संरक्षण र पीडितको न्यायको पक्षमा वकालत गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया