पूर्व अध्यक्षको निधनमा बारको श्रद्धान्जली सभा


नेपालगंज उच्च बार र बाँके जिल्ला अदालत बार एशोसिएसनले अभिवक्ताहरुको निधनमा श्रद्धान्जली सभाको आयोजना गरेको छ ।
कोरोना संक्रमणका कारण बाके जिल्ला बार एसोसिएन का पूर्व अध्यक्ष अधिवक्ता बलराम हेमकार,बाके जिल्ला बार एसोसिएनका संस्थापक अध्यक्ष बरिष्ठ अधिवक्ता आनन्द क्षेष्ठ र अधिवक्ता प्रमोद अग्रवालको हालै निधन भएको थियो ।

नेपालगंज उच्च बारका सचिव पदम पाण्डेले संचालन गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता भोला सिंह हमाल, नेपाल बार एशोसिएसनका केन्द्रिय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, नेपालगंज उच्च बारका अध्यक्ष शिव कुमार श्रेष्ठ, जिल्ला बार अध्यक्ष जनक बहादुर शाही न्याय क्षेत्रमा मृतक अधिवत्ता त्रयको योगदानको उल्लेख गदै श्रद्धा सुमन अर्पण गरेका थिए ।


श्रद्धान्जली कार्यक्रममा अधिवक्ताहरु प्रह्दाद बहादुर कार्की, झपेन्द्र प्रसाद पौडेल, लोक बहादुर शाह, बसन्त गौतम, बल बहादुर चन्द बिश्वजित तिवारी,अमृता केसी लगायतको सहभागीता रहेको थियो ।


बाँकेमा हालसम्म दुई दर्जन बढी कानून ब्यवशायी कोरोना संक्रमणको शिकार भएको र ३ जनाले ज्यान गुमाई सकेका छन् । वरिष्ठ अधिवक्ता सुशील कुमार लाखे कोरोनाबाट थलिएर लामो समय अस्पताल उपचार गरि हालै मात्र घर फर्केका छन् । कतिपय कानून ब्यवशायीहरु कोरोना संक्रमित भई होम आईसोलेनमा रहेका छन् ।


कोरोना संक्रमणका कारण वकालती पेशा प्रभावित भएको कतिपय कानून ब्यवशायी पेशा नचलेका कारण मारमा परेका कानून ब्यवशायी बताउछन् । पेशा चलेको छैन, ज्यान जोगाउन घरमा बसीरहेका कतिपय कानून ब्यवशायीलाई अफिसभाडा तिर्न समेत धौ धौ परेको नेपालगंज उच्च बारका पुर्व अध्यक्ष बल बहादुर चन्दले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया