बांके जिल्लाका वर्मा (कुर्मी) समूदायको तर्फबाट कुर्मी (वर्मा) सहयोगी हात, बांकेले शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको छ । बर्तमान कोरोना महामारीको बिषम परिस्थितिमा रगत अभाव भईरहेको सन्दर्भमा फत्तेबाल आंखा अस्पतालमा रक्तदान कार्यक्रम गरिएको हो ।

कुर्मी वर्मा सहयोगी हात, बांकेका संयोजक डा. कौशल कुमार वर्माले ४५ जनाले रक्तदान गरेको जानकारी दिंदै रक्तदान कार्यक्रममा बांके जिल्लाका बिभिन्न गाउंबाट ७० जना भन्दा बढी रक्तदाताहरुबाट रक्तदान गर्न आउने प्रतिबद्धता प्राप्त भएपनि मौषमको प्रतिकूलताले समस्या भएको बताए । दिनभरी ठूलो वर्षा भएको कारण गाउंबाट रक्तदाताहरु आउन असहज भएको रक्तदान कार्यक्रमका संयोजक बिराट बिक्रम वर्माले जनकारी दिए ।
कार्यक्रमका सहसंयोजक मनमोहन वर्माले रक्तदान गरेका ४५ जना रक्तदाताहरुमध्ये २९ जना ग्रामीण भेगबाट आएका वर्मा कुर्मी समुदायका ब्यक्तिहरु जनकारी दिए । ४ जना महिला रक्तदाता थिए ।
रक्तदान कार्यक्रममा कुर्मी वर्मा सहयोगी हात बांकेमा आबद्ध बिभिन्न गाउंबाट समेत आउनु भएका रक्तदाताहरु, नेपालगंज उपमहानगरपालिका वडा नंं. ६ का अध्यक्ष समीर प्रताप सिंह, वडा नंं. ४ का वडाध्यक्ष मो. सफीक बेहना, जानकी गा.पा. वडा नं. ५ का अध्यक्ष तथा रक्तदाता रमेश कुमार वर्मा, वर्मा समाजका केशवराम वर्मा, माधवराम वर्मा, बिनोद कुमार वर्मा, मनमोहन वर्मा, सुरेन्द्र वर्मा, राजकुमार वर्मा, जीत बहादुर वर्मा, कुलेराज वर्मा, राजीव वर्मा, डा. अनील कुमार चौधरी, अरबिन्द कुमार चौधरी, रबिन्द्र कुमार चौधरी, पवन कैराती लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख डा. राणाले कुर्मी समुदायबाट बिगत देखि नै समाजसेवाको काम हुंदै आएको र अहिले यस कोरोनो महामारीको संकटको समयमा कुर्मी वर्मा सहयोगी हात, बांकेले रक्तदान कार्यक्रम आयोजना गरेकोमा सराहना गरे ।
रक्तदान कार्यक्रमका सभापति तथा कुर्मी वर्मा सहयोगी हात बांकेका संयोजक डा. कौशल कुमार वर्माले कुनैपनि बिपत्तिको सामना सरकार एक्लैले गर्न कठिन हुने भएकोले कुर्मी वर्मा समुदायबाट पनि केही सहयोग होस् भन्ने उद्देश्यले कुर्मी वर्मा सहयोगी हात, बांके स्वस्फूर्त संगठित भएको बताए । कोरोना महामारीको अहिलेको बिषम परिस्थिति र प्रतिकूल मौसमको वास्ता नगरी रक्तदाताहरुको उत्साहजनक सहभागिता भएकोमा सबै रक्तदाता प्रति अध्यक्ष डा. बर्माले आभार व्यक्त गरेका थिए ।
कुर्मी वर्मा सहयोगी हात बांकेले रक्तदाताहरुलाई सम्मान समेत गरेको थियो । उक्त कार्यक्रमको संचालन शिक्षक बिनोद कुमार वर्माले गरेका थिए । यस अघि कुर्मी वर्मा सहयोगी हात बांकेले भेरी अस्पतालमा संचालित अञ्जनी माता रसोईलाई रु. ६५ हजार बराबरको खाद्यान्न सहयोग गरेको थियो ।