विपन्नका लागि सहयोगी अभियान

दैनिक रोजगारीबाट बञ्चित विपन्न वर्गका लागि अभियान नेपालले अति आवश्यक सहयोग अभियान थालेको छ । अध्यक्ष कमला पनतका अनुसार, रामलिला मैदानका मजदूर महिला, विपन्न वर्गका मुक्त कमलरी महिला, मनिकापुरका अभिभावकविहीन बालबालिका र जेष्ठ नागरिकका लागि सहयोग अभियान थालिएको हो ।
अभियान नेपालको “खाद्यान्न सहयोग अभियान“ अब कोरोनाको मारले गर्दा छाक टार्न गारो भएका अभिभावकविहीन बालबालिका र शारिरिक अपाङ्गताको मार खेपिरहनु भएकाहरुका परिवारका लागि समर्पित गरेका छौं, अध्यक्ष पन्तले भनिन् ।


कतिपय ठाउँमा वितरण पनि गरिसकेका छौं, अध्यक्ष पन्तले दैनिक नेपालगन्जसँग भनिन्, त्यसका लािग हामी आफै रकम संकलन गरिरहेका छौं र कतिपयलाई सहयोगको अपील गरिरहेका छौं । अध्यक्ष पन्तले स्वफूर्त सहयोगीहरु जुटेकाले सहयोगलाई निरन्तरता दिइएको बताइन् ।
अभियान नेपालले यसबीच झण्डै सय जनालाई अति आवश्यक खाद्यान्न सहयोग हस्तान्तरण गरिसकेको छ । अध्यक्ष पन्तले २५ किलो चामल,५ किलो पिठो, दाल, तेल साबुन देखि मास्क र सेनेटरी प्याडसम्म आफ्नो राहत प्याकेजमा संलग्न गरेको जानकारी दिइ्न ।

प्रतिक्रिया

प्रतिक्रिया