अग्नी पीडितलाई राहत

नरैनापुरका अग्निपीडित नेपालगन्ज मुस्लिम समाजले राहत वितरण गरेको छ । आगलागी पीडित १ सय २५ परिवारलाई राहत वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रम मुस्लिम समाजका सदस्यहरु लगायत बाँकेका प्रमुख जिल्ला अधिकारी, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह प्रदेशसभा सदस्य नमूना के.सी., प्रतिनिधिसभा सदस्य अथक महेश्वर गहतराज उपस्थिति रहेको थियो । राहत वितरण सामग्री मुस्लिम समाजका सदस्यहरु मेराजÞ अहमद, रहिस हल्वाई, ज्याउलहक हल्वाई, मुन्ना मन्सुरी बाबुनेता हल्वाई द्वारा वितरण गरेका हुन् ।

राहत वितरण सामग्रीमा प्रत्येक परिवारलाई एक बोरी भुजा, बाल्टिन, मग, मन्जन, ब्रश, साबुन, सर्फ, दालमोट, टावेल रहेको थियो । उक्त राहत वितरण गर्न आर्थिक रुपले सहयोग गर्ने सहयोगी दाता एवं समाजसेवी मुन्ना मन्सुरी, मेराज अहमद हल्वाई(हिमालय), बाबुनेता हल्वाई, हकीम हल्वाई, वाहीद हल्वाई फर्जन्द हल्वाई, मुबारक रÞाई हाजी सकील, अहमद जसगढ, अब्दुल माबूद बागवान, लुकमान अन्सारी साहब, जियाउल हक हल्वाई, सारीक अली, गुलाम हुसैन हल्वाई (फिरोज) लगायत सदस्यहरुले गरेका हुन् ।

‘नेपालगन्ज मुस्लिम समाज सधै यसरी नै आपदाको बेलामा सहयोग गर्दै आइरहेछ र भविष्यमा पनि सहयोग गर्नेछौं’, सदस्य मेराज अहमदले भने । राहत वितरण पश्चात नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आगलागी पीडितलाई घर टीनको छाना राखेर घर बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

प्रतिक्रिया