बेहोस बनाइ लुट्ने पक्राउ


कैलालीको चुरे गाउँपालिकामा होटल सञ्चालकलाई बेहोस बनाएर लुट्ने बाँकेका एक व्यक्तिलाई बाँके प्रहरीले शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार प्रहरीले कालिकोट रास्कोट नगरपालिका १ बस्ने प्रकाश शाहीलाई किरणनालामा लुकिछीपी बसेको अवस्थामा फेला पारेको थियो ।

शाहीले होटेल संचालिकालाई बदाम जुसमा नसाजन्य पदार्थ मिलाई खुवाई बेहोस बनाई दुई तोलाको सुनको सिक्री र रु.३ लाख २० हजार लुटेको आरोप छ ।

प्रतिक्रिया

प्रतिक्रिया