नेपालगन्ज उपमहानगरपालिकाले योजनाबद्द बिकासका लागि नगरको प्रोफाइल तयार गर्न लागेको छ । खानेपानी र सरसफाइको योजना समेत निर्माण गर्न लागिएको छ । प्रोफाईल तथा वासा प्लान निर्माणका लागि छनौट भएका गणकहरुका लागि ६ दिने तालिम शुक्रबार समापन भएको छ । तालिमको समापन गर्दै नगर प्रमुख डाक्टर धवल शम्शेर राणाले योजनाबद्द बिकासका लागि तथ्यांक संकलन गर्न लगिएको भन्दै सहि तथ्यांक ल्याउन गणकहरुलाई आग्रह गर्नुभयो ।
नगर उपप्रमुख उमा थापा मगरले गणकहरुबाट आउने सत्य तथ्य तथ्यांकले नगरको बास्तविक चित्रण आउने बताउनुभयो । अबदेखि तथ्यांकका आधारमा योजना बन्नेछ,उपप्रमुख थापाले भन्नुभयो,उद्देश्य र लक्ष्य पुरा गर्न तालीममा सिकेका कुरा ब्यवहारमा कार्यन्वयण गर्नुहोस । तथ्यांक कार्यालय बाँकेका निर्देशक बेद ढकालले हरेक बिकासका लागि तथ्यांक आवश्यक रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का सहभागी कार्यक्रममा तालीमका सहभागी लक्ष्मी सापकोटा र भुमिका वलीले सत्यतथ्य तथ्यांक संकलनका लागि आफुहरु प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
६० जना सहभागी तालीममा उपमहानगरपालिकाका तथ्यांक अधिकृत सुरेन्द्र पन्त,वातावरण ईन्जिनियर प्रकाश डिसि,सूचना प्रबिधि अधिकृत घनश्याम बर्मा र तथ्यांक सहायक ओमबहादुर शाहीले सहजीकरण गर्नुभएको थियो ।