आफ्ना नयाँ संगठित सदस्यहरुलाई लक्षित गरी रोटरी क्लबले अभिमूखिकरण गरेको छ । रोटरी क्लब अफ सेन्ट्रल बाँकेको आयोजनामा क्लबका नयाँ सदस्यहरुका लागि शनिवार अभिमूखिकरण गरिएको हो ।

नेपालगन्ज र सुर्खेतका गरी ३० जनाको सहभागिता रहेको सो कार्यक्रम आगामी कार्यकाल २०२१–०२२ का तालिम बिभाग प्रमुख खिम बहादुर कार्की र असिटेन्ट गभर्नर एवम क्लबका सल्लाहकार कृष्ण पाण्डेले अभिमूखिकरण गरेका हुन् ।
रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष डा. कुमार शान शाहको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ नेपाल–भुटान क्षेत्र ५ का तालिम बिभाग प्रमुख लक्ष्मण ज्ञवालीले प्रमुख अतिथिका रुपमा आफ्ना महत्वपूर्ण धारणा राख्नु भएको रोटरी लिडर किरण कार्कीले जानकारी दिए ।
कार्यक्रम संयोजक डा. नबिन बुढाथोकीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रम रोटरी फाउण्डेशन, क्लब प्रशासन र जनमानसमा रोटरीको छविका बारेमा केन्द्रित रहेको रोटरी लिडर कार्कीले बताए । कार्यक्रमको संचालन क्लबका महासचिव किशोर कृष्ण भण्डारीले गरेका थिए । गठन भएको छोटो समयमै रोटरीले नेपालगन्जमा आफुलाई सक्रिय बनाइरहेको छ ।