बुद्धटोलमा ‘सेक्युरिटी साइरन’

नेपालगन्ज– १८ को बुद्धटोललाई सुरक्षामैत्री बनाइने भएको छ । त्यसका लागि टोलविकास संस्थाले ‘सेक्युरिटी साइरन’ जडान प्रक्रिया थालेको हो ।
‘टोल प्रवेशतर्फ चारै कुनाका घरघरमा सिसीक्यामेरा जडान गरिसकेर सेन्टरमा साइरन जडान गरिनेछ,’ डा. राजेशकेशर खनालको नेतृत्वमा रहेको टोल विकास संस्थाको निर्णय जानकारी दिंदै टोलवासी राजु काफ्लेले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि बाँके प्रहरी प्रमुख ओम रानानै सहजीकरणका लागि सक्रिय हुनुभयो ।’

३५ घरधुरी संगठित बुद्धटोलमा कम्तिमा १२ वटा सिसी क्यामेरा, साइरन र त्यसका लागि आवश्यक प्रत्येक घरमा २ वटा सिममा जडान हुनेगरि साइरन कनेक्सन दिन लागिएको काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया