लैंगिक हिंसा विरुद्ध प्रहरीको सांस्कृतिक टोलीले जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरिरहेका छन् । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा प्रहरीको साँस्कृतिक टोली हिंसा विरुद्धको अभियानमा लागेको हो । पुस २ गतेदेखि हिंसा बिरुद्धमा सन्देशमुलक जनचेतनामूलक कार्यक्रम संचालन भैरहेको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिएका छन् ।
अभियान अन्तर्गत बाँकेमा पनि जिल्ला प्रहरी कार्यालय बाँके र महिला तथा बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा बाँकेका बिभिन्न स्थानमा लैगिक हिंसा बिरुद्धको अभियान संचालन गरिएको छ ।
सार्वजनिक स्थानमा हुने यौनजन्य दुब्र्यवहार लैगिंक हिंसा, लागु औषध, बिरुद्धमा कलाकारहरुले सचेतनामूलक कार्यक्रम गरेको महिला तथा बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी इन्चार्ज श्याम कुमारी पाईजा मगरले जानकारी दिएकी छन् । उनले बसपार्क, जमुनाहा, धम्बोजी लगायतका बिभिन्न स्थानमा त्यसखालको कार्यक्रम भएको जानकारीदिइन् । कलाकारहरु हेमराज गन्धर्व, राजेश गन्धर्व र भरत गन्धर्वको सास्कृतिक टोलीले गित मार्फत लैंगिक हिंसा बिरुद्धमा सन्देशमुलक जनचेतनामूलक कार्यक्रम गर्दै बाँके आइपुगेको प्रहरी उपरीक्षक रानाले बताए ।
प्रहरी ओम उपरिक्षक रानाले लैगिक हिंसा बिरुद्धको १६ दिने अभियानको सन्र्दभमा लुम्बिनी प्रदेश कार्यालयको सहयोगमा प्रहरीले लागु औषध निस्तेज अभियान, सवारी दुर्घटना न्यू ज्यानको क्षति न्यूनिकरण, बालबाबिवाह रोकथाम लगायतका लैगिक हिंशा बिरुद्धमा जनचेतना अभियान संचालन गरेको समेत उल्लेख गरेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ्ग र जिल्ला प्रहरी कार्यालय दाङ्गको सहयोगमा संचालिन कार्यक्रममा गीत मार्फत लैंगिक हिंसा बिरुद्धमा सन्देशमुलक जनचेतना कार्यक्रम गर्दै हिडेको र जनस्तरबाट राम्रो रेन्प्रोन्स पाएको कलाकार हेमराज गन्धर्वले बताए । जनचेतनामुलक कार्यक्रममा अधिकारकर्मीहरु वसन्त गौतम, संगिता चौधरी लगायतको सहभागिता रहेको थियो ।