एसओएस युवालय नेपालगन्जका युवाहरुले भेरी अञ्चल अस्पताल नेपालगन्जका बिरामी तथा कुरुवालाई शुक्रबार खाना खुवाएका छन् । अस्पतालमा रहेको अन्जनी माता रसोईमा सहभागी भई युवाहरुले भोजन खुवाउनुका साथै नगद सहयोग गरेका हुन् । एसओएसका ८५ युवायहरुले २१ हजार रुपैयाँ भोजनका लागि सहयोग समेत गरेका थिए ।

एसओएस युवालय नेपालगन्जका नायब निर्देशक तुलाराम बिश्वासको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख उमा थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग, प्रहरी उपरीक्षक ओम राना, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापा, समाजसेवी बिजय गुप्ता, सुन्दर काण्डका सखस्य जितेन्द सिह तथा बालरोग बिशेषज्ञ कुलदिप गोईत, अधिवक्ता बिश्वजित तिवारी र बि ग्रुपका सचिब टेक बहादुर पुनको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख थापाले युवाहरुको सहयोग सराहनीय भएको बताएकी थिइन् । प्रजिअ कुरुम्वाङ्गले युवा पुस्ताले गरेको सहयोगले अरुलाई पनि प्रेरणा मिल्ने बताएका थिए ।
एसओएसका सिनियर काउन्सिलर लक्ष्मण कार्कीले सञ्चालन गरेको कार्यक्रममा संस्थाका सहायक निर्देशक मिना तुलाधर लगायत एसओएसका एक दर्जनको युवायुवतीहरुको पनि सहभागी रहेको थियो । शुक्रबारकै दिन एसओएस कारकादौ परिसरमा बडा १८ का ६ फरक क्षमता भएका व्यतिmहरुलाई रु ९००० बरावरको खाद्यान्न तथा अन्य सरसामाग्रिहरुको वितरण गरेका थिए ।

कार्यक्रम युवालयका टेकेन्द्र बोहराले संचालन गरेका थिए भने स्वागत मन्तव्य एसओएस युवा क्लका अध्यक्ष अनिता शाहीले गरेका थिए । सो अवसरमा उपस्थित बडा १८ का सदस्य दिपक ढुगाना तथा एसओएसका नायब निर्देशक तुलाराम बिश्वासले संयुतm रुपमा सामाग्रीहरु फरक क्षमता भएकालाई हस्तान्तरण गरेका थिए ।