
७२ औं मानव अधिकार दिवसको सन्दर्भमा नेपाल मानव अधिकार संगठन बाँकेले नेपालगन्जमा बुधवार दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । संगठनका बाँके अध्यक्ष प्रह्लाद कुमार कार्कीले दिएको जानकारी अनुसार संगठनले मानव अधिकार संस्कृतिको बिकाश र देशमा कानूनी शासन र मानव अधिकारको प्रत्याभुतिको कामना गर्दै दिप प्रज्वलन गरेको हो ।
कार्यक्रममा नेपाल मानव अधिकार संगठनका पूर्व बाँके अध्यक्ष गणेश रेग्मी, मानव अधिकार संगठनमा आवद्ध पदाधिकारीहरु, अधिकारकर्मी वसन्त गौतम, नेपालगन्ज उच्च बारका अध्यक्ष चित्र बहादुर शाही जिल्ला बार अध्यक्ष मोहम्मद अयुय सिद्धिकी जिल्ला बारका नवनिर्वाचित अध्यक्ष जनक बहादुर शाही, नेपालगन्ज उच्च बारका पूर्व अध्यक्ष लोक बहादुर शाह, बल बहादुर चन्द, अधिवक्ताहरु बिश्वजित तिवारी, पवन कुमार गुप्ता, मेहर सिंह खत्री, द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँके अध्यक्ष जयन्ती खत्री लगायतको उपस्थिति रहेको थियो ।
कुशल÷ स्वच्छ बनौ मानव अधिकारका लागी उठौ, कोरोनाबाट मुक्ति, शान्ति सामाजिक सद्भाव र राजनितिक स्थिरता लागी ७२ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस भन्ने नाराका साथ गरिएको दिप प्रज्वलन कार्यक्रमका वक्ताहरुले अहिले पनि आम नागरिकले पुर्ण रुपमा मानव अधिकारको उपभोग गर्न नपाएकोले सबैको मानव अधिकार संरक्षण हुनु पर्नेमा जोड दिइएको थियो ।