आगामी दिनमा किसानहरुको हौसला बढाउनको लागि प्रोत्साहन अनुदानको व्यवस्था मिलाएको भुमि व्यवस्थापन, कृर्षि तथा सहरी मन्त्री आरती पौडेलले बताईन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा मङसिर ५ गते आयोजित शिक्षा, स्वास्थ्य , खाद्य र आवासको अधिकारका सवालमा प्रदेश सरकार र व्यवस्थापिकाको भुमिका विषयक गोष्ठीमा उक्त कुरा बताएकि हुन ।
मन्त्री पौडेलले किसानहरुको वर्गीकरण गरि उनिहरुको परिचयपत्र गराउने व्यवस्था अगाडि बढेकोले अव कोहिपनि किसानहरु मर्कामा नपर्ने बताउनुभयो । उहाँले लुम्बिनि प्रदेशको प्रत्येक जिल्लामा रहेका भुमिहिन नागरिकहरुलाई कृर्षीमा अगाडि बढाई रोजगारी दिने र कृर्षि गर्नको लागि खेतबारीको व्यवस्था मिलाईदिने व्यवस्था पनि अघि बढेको बताउनुभयो । मन्त्री पौडेलले १२ वटै जिल्लामा कोभिड अस्पताल संरचना बनाई कर्मचारीहरुको संख्या बढाउने बताउदै उपचारको लागि भारत धाउन नपर्ने गरि वुटवलमा प्रदेश अस्पताल सुचारु ग्र्न प्रदेश सरकारले तयारी अगाडि सारेको बताएकि थिईन ।
इन्सेकका सदस्य समेत रहेका नेपालगंज उच्च अदालत बारका अध्यक्ष विकास आचार्यले कोरोना माहामारीका कारण विद्यार्थिहरुमा परेको असरका बारेमा बताउदै विद्यालय खोल्ने विषयमा आफुले पनि सुझाव दिईने बताए । उहाँले भेरी अस्पतालमा कोभिडका विरामिहरुको लागि अक्सीजनको विषयमा तयारी पुरा नभएकोले यस विषयमा स्वास्थ्य निकायहरुले ध्यान पु¥याउन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल बारका उपाध्यक्ष सुनिल श्रेष्ठले अवका दिनमा विद्यार्थिहरुलाई कसरी विद्यालय संग जोडने भन्ने विषयमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । राज्यले स्वास्थ्य क्षेत्रमा कोभिड जाचको लागि निशुल्क सेवा भनिएपनि शुल्क लिने गरेको र उपचाररत चिकित्सकहरु पनि सेवामा नआउने समस्या रहेकोले यसलाई सुधार्ने आवश्यक रहेको बताए ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापाले सिमित साधन भएपनि आफुले धेरै सेवाहरु नागरिहरुलाई दिईएको बताउनुभयो । उहाँले सरकारबाट बजेट कम आउने र खर्च बढि हुने भएकोले यसको व्यवस्थापनमा केहि समस्या रहेको बताएका थिए ।
उपभोतmा हित संरक्षण मन्चका अध्यक्ष बसन्त गौतमले शिक्षा , स्वास्थ्य , खाद्य र आवासको अधिकारलाई संबिधानले नै मौलिक हकको रुपमा ब्यवस्था गरेकाले त्यसको कार्यान्वयनका लागी तिनै तहका सरकार समन्वयात्मक तरिकाले लाग्नु पर्नेमा जोड दिए ।
फियान नेपालका प्रमुख सुरेश कुमार गौतमले भेरी अस्पताल नेपालगन्जमा पर्याप्त मात्रामा आईसियु वेड नभएकोले आइसियु वेड बढाउनुपर्ने र खानपिन लगायतका कुराहरुलाई अझ बढि व्यवस्थित गर्नुपर्नेमा जोड दिएका थिए । शिक्षाको विषयमा व्यापक छलफल गरि सुचना बढाउनुपर्ने बताउनुभयो ।
मानवअधिकारकर्मि प्रभात कुमार ठकुरीले कोभिडका विरामिहरुलाई आईसोलेसनमा लग्दा अक्सिजन विना विरामि ल्याउने रहेकोले यसलाई सुधार्न आवश्यक रहेको बताएका थिए ।
फातिमा फाउण्डेशन नेपालकी कार्यवाहाक अध्यक्ष मैमुना सिद्दिकिले पिसिआर चेक पहुचवालाको मात्र छिटो हुने पहुच नभएकोले चेक गर्न गाह्रो रहेको बताएकि थिईन ।
मानवअधिकार समुह राप्तिसोनारी गाउँपालिकाकी संयोजक धनि वलिले गाउँ भित्रसम्म सुचना नपुगेकोले पिछडिएका वर्गहरु अझ पिछडिएको बताईन ।
मानवअधिकार समुह वैजनाथ गाउँपालिकाका संयोजक भागिलाल विकले खाद्य बस्तुमा मनमर्जि व्यवसायीहरुले मुल्य निर्धारण गरेर बिक्री बितरण गरेको प्रति सम्बन्धित निकायले अनुगमन गर्न आग्रह गरेका थिए ।