फन्दामा लागुऔषध कारोबारी

दैनिक जसो लागुऔषधका कारोबारी समातिरहेको बाँके प्रहरीले सोमवार नेपालीलाई चरेससहित र भारतीयलाई ब्राउन सुगरसहित फन्दामा पारेको छ ।
प्रहरीले ठूलो परिमाणको चरेशसहित एकजनालाई पक्राउ गरेको हो भने ब्राउन सुगर पक्राउ परेका दुई मध्य एक जना भारतीय हुन् । प्रहरीले दिएको जानकारी अनुसार, डुडुवा गाउँपालिका वडा नं. ४ का रमजान अली बागवान साढे तीन किलो चरेससहित पक्राउ परेका छन् ।
बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खड्काले विशेष सुराकीका आधारमा पक्राउ गरिएको बागवानमाथि थप अनुसन्धान भइरहेको बताए । नेपालबाट चरेस जाने र भारतबाट ब्राउनसुगर लगायतका लागुऔषध भित्रिने काम नाका सिल हुँदा पनि भइरहेपछि प्रहरी सक्रिय भएको हो ।
सोमवार नेपालगन्ज १३ स्थित किसान ईट्टाभट्टा छेउ जिल्ला प्रहरी कार्यालय बाँके र ला.औ.नि.व्युरो नेपालगन्ज बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला स्थानीय ओम प्रकाश सिंह र भारत जिल्ला बहराईच थाना रुपैडिया गाउँ केवलपुर बस्ने वर्ष २५ को अजय कौलिकलाई फन्दामा पारेको हो । उनीहरुसँग प्लाष्टिकको २० वटा पुडिया बनाई राखेको २० ग्रामलागू औषध (ब्राउन सुगर)पदार्थ फेला पारी नियन्त्रणमा लिईएको डिएसपी खड्काले बताए ।
त्यस्तै, आइतवार मध्यराती नेपालगन्ज २१ गन्द्रीनालाबाट सुपर पावर सूर्ती ७२ प्याकेट र बिडी ८५ प्याकेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया