बालसुधार गृहमा रहेका बालक परिवर्तित नाम गणेशपुर मंगलवार अभिभावकको जिम्मामा छुटेका छन् ।
बाँके जिल्ला अदालतले गरेको निर्णय बदर गरि पुन आदेश गर्न उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले भने पनि यथास्थितिमा नै सोहि बालसुधार गृहमा नै रहि मुद्धाको पुर्पक्ष गर्न उचित देखिदा निवेदन माग बमोजिम अभिभावकको जिम्मा लगाई रहनु पर्ने अवस्था देखिएन भनी जिल्ला अदालतले पुरानै आदेशलाई निरन्तरता दिए पछि नेपालगंजको न्याय क्षेत्र तरङ्गित बनेको थियो । उच्चको आदेश पालना नगरेको भन्दै बारले बैठक बसेरै त्यस्तो आदेशको बारेमा आपत्ती प्रकट गरेको थियो । उच्च र बाँके जिल्ला बारले यस बिषयमा उच्च र जिल्ला अदालतका न्यायाधीशहरुलाई भेटेर आफ्नो असहमति प्रकट गरेका थिए ।
उच्च अदालतलको आदेश पालना नभएको भन्दै बालक गणेपुरको हकमा निजका बुवा पप्पु खाँ.ले बालकलाई गैर कानूनी थुनाबाट छाड्न माग दावी सहित गत हप्ता उच्च अदालत नेपालगंज इजलासमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरे पछि बाँके जिल्ला अदालतले बालकको मुद्धालाई अन्तिम सुनुवाईको लागी पेशी तोकेको थियो ।
जस अनुसार २०७७ असार २३ गते बाँके जिल्ला अदालतले ‘यस अदालतको आदेशले बालक बालसुधार गृहमा रही ६ महिना २२ दिन बसीसकेको देखिएको निज अपरिपक्क अवस्थाको बालक अरुको लहै लहैमा लागी यस प्रकारका बारदातमा संलग्न रहेको परिस्थितिलाई बिचार गरि यस घटनाबाट सवकको रुपमा पछि असल नागरिक हुन सक्ने अवस्थालाई समेत मध्यनजर राखी अदालतले निज बालक गणेशपुरको बाँकी सजाय स्थगल गरि अभिभावकको जिम्मामा छाड्ने’ भनी आदेश गरेको अधिवक्ता कर्ण बहादुर केसीले जानकारी दिए ।
यता बाँके जिल्ला अदालतमा मुद्धाको अन्तिम फैसला हुदा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासमा भने निज बालकको बन्दीप्रत्यक्षिकरणमा अधिवक्ताहरु लोक बहादुर शाह, वसन्त गौतम, पवन कुमार गुप्ता, बिकाश आचार्य, गणेश प्रसाद शर्मा, कर्ण बहादुर केसी, अमृता केसी लगायतले बहश गर्दै थिए । कानून ब्यवशायीले उच्च अदालतले गरेको आदेश जिल्ला अदालतले नमानेर अदालतको आदेशको अवज्ञा गरेकोले यस बारेमा उच्च अदालतले आफ्नो आदेश पालना नभएको बिषयमा उचित ब्याख्या गर्नु पर्ने तर्क गरेका थिए ।
बाँके जिल्ला अदालतले उच्च अदालतमा रिट सुनुवाई हुनु अगाडी नै बालकको मुद्धाको अन्तिम फैसला गरी बालकको गरिएको सजाय स्थगन गरि बालकलाई अभिभावकको जिम्मा लगाउने आदेश गरि सकेकाले उच्च अदालतले रिट खारेज गरे पनि उच्च अदालतले आफ्नो आदेश पालना नभएको बिषयमा उचित कानूनी ब्याख्या गर्ने अपेक्षा कानून ब्यवशायीले गरेका छन् ।
यसै बिच नकवजनी चोरीको आरोपमा पक्राउ परि अदालतको आदेशले बालसुधार गृहमा रहेका अर्का एक बालकलाई पनि बाँके जिल्ला अदालतले मंगलबार अभिभावकको जिम्मामा छाड्ने आदेश गरेको छ ।
नेपालगंज उपमहानगरपालिका वडा नं १६ का बालक परिवर्तित नाम जयसपुरको हकमा निजका दाजुले अभिभावकको जिम्मा लगाई पाउँ भनी अदालतमा निवेदन दिएको र अदालतले अभिभावको जिम्मामा कागज गराई छाडेको अधिवक्ता वसन्त गौतमले जानकारी दिए । बालन्यायमा अदालत संबेदनसिल नभएको र उच्चको आदेश पालना नगरेको टिप्पणी आईरहेको सन्दर्भमा बाँके जिल्ला अदालतले सुधारगृहमा रहेका बालकलाई अभिभावकको जिम्मा छाडेको हो ।