व्यवसायीलाई दुई लाख जरिवाना

नेपालगन्जमा बजार अनुगमन समितिले पछिल्ला दिन अनुगमनलाई नियमितता दिइरहेको छ । शुक्रवार गरिएको बजार अनुगमनका क्रममा नेपालगन्ज त्रिभुवन चोक स्थित मारुती नन्दन अर्डर एण्ड सप्लायर्सले मापदण्ड विपरित मालसामान बिक्रीका लागि राखेको पाइएपछि जरिवाना गरिएको छ । उपभोग्य म्याद समाप्त भएका खाद्य सामाग्री, पेय पदार्थ लगायतका सामाग्री बेचबिखन पाइएको हँुदा करिव ७३ हजार भन्दा बढी मुल्यका त्यस्ता सामाग्री नष्ट गरि उपभोक्ता संरक्षण ऐन बमोजिम तत्काल रु दुई लाख जरिवाना गरिएको हो ।


पसललाई जरिवानाको आदेशसंगै अव उप्रान्त उपभोग्य म्याद समाप्त भएका कुनै पनि मालसामान बिक्री बितरण नगर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज निमित्त प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।


बजार अनुगमन टोलीमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज निमित्त प्रमुख कृष्ण प्रसाद पौड्याल, नासु देवीराम चौलागाई, उपभोक्ता हित संरक्षण मञ्चका ५ नं प्रदेश उपाध्यक्ष प्रभात कुमार ठकुरी, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत हरिशचन्द्र शर्मा लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया