बाँकेमा हालसम्म २ सय ६० जना कोरोना निको भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले शनिबारसम्म कोरोना निको हुनेको संख्या २ सय ६० पुगेको बताएका छन् ।
शनिबार बाँकेमा १० जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले आइसोलेसन अस्पताल खजुराबाट खजुराका ९ र नेपालगन्जका १ जना निको भएको बताएका हुन् । बाँकेमा कोरोना संक्रमितको संख्या ३ सय ४१ मध्ये अब निको हुन बाँकी ७९ जना रहेका छन् । कोभिडका कारण बाँकेमा २ जनाको मृत्यु भएको छ ।
बाँकेमा रहेका क्वारेन्टाइनमा शनिबारसम्म १ हजार ६ सय ११ जना रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले बताएका छन् ।