नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि.ले यस बिषम परिस्थितिमा बिद्यार्थीबर्गहरुको पठन पाठनमा अबरोध नहोस भनि क्लियर टिभी सेवामा ई-कक्षा प्रसारण सुरु गरेको छ ।
ई-कक्षा क्लियर टिभीको २९३ नं च्यानलमा प्रसारित छ । कक्षा ४ देखि १० सम्मका बिद्यार्थीलाई यसतो समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका निम्ति डियर वाल्क इन्स्टिट्उट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक सामाग्राीलाई समाबेस गरि च्यानलको प्रसारण सुरm गरिएको हो ।
विज्ञान, समाजिक शिक्षा, अंग्रेजी, हिसाब र नेपालीको पाठ्यक्रम समावेश गरिएको यस ई-कक्षा सोमबार देखि शुक्रबारसम्म बिहानको ११बजेदेखि सुरु हुनेछ । बिद्यार्थीबर्गका निम्ति यो कार्यक्रम निकै नै लाभदायक रहने विश्वास लिइएको छ । थप जानकारी ग्राहकबर्गहरुले क्लियर टिभीको २९३ नं च्यानलमा प्राप्त गर्न सक्नुहुने छ ।
Clear TV बारेमा :
Clear TV, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो Digital Cable Television सेवाहो जसले MPEG4 Standard Definition / High Definition channels केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि क्भत Set Top Box को माध्यमबाट प्रसारण गर्दछ ।