बालसुधार गृहको सुधारमा सिडियोको एक्सन

बाँकेको आसमानपुरमा रहेको बालसुधार गृह मापदण्ड बमोजिम संचालनमा छैन । ७५ जनाको क्षमता भएको सुधार गृहमा १०२ जना बालक छन् । खानेपानी, शिक्षा स्वास्थ्यको राम्रो ब्यवस्था छैन । चैत्रबाट सिधा खर्च वापत आउनु पर्ने रकम पनि आएको छैन ।


कारागारमा सुद्ध खानेपानीको ब्यवस्था छैन । शौचालय र सेफ्टी टंकिको उचित ब्यवस्थापन छैन । सुधार गृहको आफ्नै टेलिफोन र इन्टरनेट सुबिधा छैन । सरकारी तवरबाट बिद्यालय भवन निमार्ण भए पनि फागुन खटाईएका शिक्षक सुधारगृहमा अझै आई पुगेका छैनन ।


नेपालगंज देखि सुधारगृहसम्मको जाने बाटो मर्मत र पिच गर्नु पर्ने कार्र्य बिचैमा रोकिएको छ । आवश्यक बजेटको अभावमा सुधार गृहमा गर्नु पर्ने मर्मत सम्भार, बालबालिकाको स्वास्थ्य उपचारमा समस्या छ । यस्तै यस्तै अनगिन्ती समस्या छन् बालसुधार गृहमा ।


केहि समय पहिले अनुगमनका क्रममा पुगेका बाँकेका अधिकारकर्मीले बालसुधार गृहको अवस्था नाजुक रहेको, त्यहाँ रहेका बालकहरुमा छालाको संक्रमण फैलिएकाले उपचारको लागी पहल थालेका थिए । औषधी ब्यवशायी संघ बाँकेसंगको समन्वयमा छाला रोगबाट पीडित बालकलाई औषधी बितरण गरेका अधिकारकर्मीले हालै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गलाई उपरोक्त समस्याबारे जानकारी गराए पछि प्रमुख जिल्ला अधिकारी सुधार गृहको तत्कालै स्थलगत अनुगमन गरे ।


जव बालसुधार गृहकी इन्चार्ज बिमला काउचा मगर र अधिकारकर्मी अधिवक्ता वसन्त गौतमले समस्या राख्न सुरु गरे प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले मोवाईल चलाउन सुरु गरि हाले । टेलिफोन र इन्टरनेटका लागी दुरसंचार कार्यालयका प्रमुख, सडक निमार्णमा लागी ठेकेदार भागेश्वर कन्टक्सन कम्पनीका ठेकेदार धिरेन्द्र चन्द, शहरी बिकाश मन्त्रालय अन्तरगतको ३९ लाख सहयोगमा निमार्ण हुनु पर्ने भान्साघर र समर सेवल पम्प खानेपानी र कम्पाउण्डमा तारबार लगाउने कार्य सुचारुका लागी सम्बन्धित पक्ष र इन्जिनियर सुरज शर्मालाई फोन सम्पर्क गरि तत्काल काम थाल्न भने ।


यस्तै सुधार गृहमा रहेका बालकहरुका लागी रोकिएको दैनिक सिधा वापतको रकम गत चैत्र महिना देखि नआएको बारेमा बाँके कारागारका जेलर देवेन्द्र श्रेष्ठलाई सोधे र निकाशाको पहल थाल्न निर्देशन दिए । त्यहा रहेका बालबालिकाको सरकारी तवरबाट स्वास्थ्य उपचारका लागी सोधपुछ गरे ।


‘समस्या अवगत हुने बित्तिकै ठाउँको ठाउँबाटै समाधानको पहल थाल्ने प्रजिअ कुरुम्वाङ्गको कदम साच्चै सराहनिय छ । सर्वोच्च अदालतका न्यायाधीश र महान्यायाधीवक्ताले समेतले अनुगमन गरे पछि उल्लेख्य सुधार हुन नसकेको परिप्रेक्ष्यमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गको काम गर्ने शैली प्रसम्सनिय भएको अधिकारकर्मी वसन्त गौतमले बताए । ‘ठाउँको ठाउबाटै एक्सनमा जाने सिडियो साँवकोे कार्यशैली साच्चै राम्रो लाग्यो‘ ।  


शिक्षा, स्वास्थ्य, संचार, भौतिक निर्माण, सडक, लगायतका बिषयमा अड्केका काम सम्पन्न गर्न सम्बन्धित निकायमा बुझ्ने, निर्देशन दिर्ने जुन कार्य फिल्डबाटै गरे ।  त्यसले सार्थकता पाई कालकोठरी जस्तो बालसुधार गृह बालबालिका सुधारिने राम्रो पाठशाला बनाउन सबै लाग्नु पर्ने बालसुधार गृहलाई जग्गा दान दिएका जेके सिंहले बताए ।


यस क्रममा छाला रोगको संक्रमण देखिएका बालकहरुलाई औषधी ब्यवशायी संघका महासचिव जिवन शर्माले औषधी सहयोग गरेका थिए । प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गकाको बालसुधार गृह अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक बीर बहादुर ओली, भैरव प्रसाद गणका प्रमुख सेनानी नकुल थापा, सशस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारी समेतको सहभागिता रहेको थियो ।


यसै गरि अधिकारकर्मीहरु वसन्त गौतम, फियान नेपालका सुरेश कुमार गौतम, मानव अधिकार एलायन्सका प्रभात कुमार ठकुरी, खाद्य अधिकार संजालका धनश्याम आचार्य औषधी ब्यवशायी संघ बाँकेका महासचिव जिवन शर्माको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

प्रतिक्रिया