भेरी अस्पतालमा मनोनयन

प्रमोद धिताल, अध्यक्ष

भेरी अस्पतालमा सरकारले विकास समिति मनोनयन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट नेकपा नेता प्रमोद धिताल अध्यक्ष तथा कृष्ण प्रसाद श्रेष्ठ, धनराम ओली र सरस्वती मल्ल सदस्य रहेको समिति मनोनयन गरेको हो । अध्यक्ष पदमा मनोनित धिताल राजनीतिकर्मी हुन् भने, सदस्यमा मनोनित श्रेष्ठ विकासका लागि नागरिक समाजको अगुवाइ गरिरहेका नेपाल उद्योग वाणिज्य महासंघका सदस्य हुन् । स्वास्थ्यकर्मी ओली निजी स्वास्थ्य संस्थाको प्रतिनिधित्व पनि गर्छन्, मल्ल अधिकारकर्मी संस्थामा क्रियाशील छन् ।
नेकपा बाँकेका प्रवक्ता समेत रहेका युवा नेता धितालले सबैको सल्लाह र समन्वयमा अस्पतालको विकास, विस्तारमा भूमिका खेल्ने प्रतिक्रिया दिए । विकास समिति सक्रिय भएपछि कार्यसम्पादनमा निकै सहज हुने आशा आफुले गरेको भेरी अस्पताल प्रमुख डा.प्रकाश थापाले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया