नेपालको झण्डै एक तिहाई जिल्लाहरुमा कोरोना पोजेटिभ भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार, २४ जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।
बाँकेमा ३३, पर्सामा ८५, कपिलवस्तुमा ३९, उदयपुरमा ३२, रुपन्देहीमा २८, काठमाडौंमा ८, कैलालीमा ४, रौतहट, बारा र धनुषामा ३र३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासी पश्चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
लकडाउनको सुरुका दिनमा कोरोना पोजेटिभ नदेखिएपनि कोरोना परीक्षण बढाएपछि संक्रमित फेला पर्दै गएका हुन् । नेपालमा समुदायमा कोरोना देखिएकाले स्थिति भयावह हुने जोखिम देखिन्छ ।