खजुरामा स्वास्थ्यकर्मीलाई धम्की

खजुरा गाउँपालिका स्वास्थ्य चौकीका कर्मचारीलाई धम्की दिइएपछि सुरक्षाको माग गर्दै प्रहरी कहाँ उजुरी गरिएको छ । गाउं पालिकाको सोनपुर स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारीहरुलाई स्थानीय रफि भाट सहितको समुहले कार्यालमा आएर ज्यान मार्ने धम्की दिएको भन्दै कर्मचारीहरुले प्रहरीसंग सुरक्षा मागेका हुन् ।


स्वास्थ्य चौकी इन्चार्ज सदिप पौडेलले वारिस खान र अस्लम भाटले कार्यालयमा आइ कर्मचारी माथि अभद्र व्यवहार गर्दै धम्कि दिएको बताएका छन् ।


चौकी ईन्चार्ज पौडेलका अनुसार स्वास्थ्य चौकीमा नजन्मेको बच्चालाई स्वास्थ्य चौकी मै जन्मेको प्रमाणीकरण गरिदिन भनेकोमा आफुले अस्विकार गर्दा धम्की दिएका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया