आइसोलेसनमा बसेका ब्रतालुलाई खाद्य सामाग्री

मुस्लिम धर्मावलम्वीहरुको रमजान चलिरहेको छ । रमजानमा दिनभर निर्जल व्रत बस्ने गरिन्छ । खजुरामा रहेको आइसोलेसन अस्पतालमा रहेका मुस्लिम धर्मावलम्वीलाई रोजा पूर्व र रोजापछि खानाका लागि मुस्लिम आयोगको बाँके अनुगमन समितिले खाद्यान्न उपलब्ध गराएको छ ।


आइसोलेसनमा रहेका कोरोना पोजेटिभ बच्चाका लागि खाने र खेल्ने सामग्री पनि वितरण गरिएको छ । अनुगमन समिति सदस्य मेराज अहमद हिमालयको अगुवाईमा उक्त सामाग्री प्रदान गरिएको हो ।


टोलीमा अनुगमन समिति महिला सदस्य शाहिदा शाह वाहिदी तथा समाजसेवी डा उबैदुर्राहमान साहबको सहभागिता रहेको थियो । फलफुल , खजुर ,हार्लेक्स ,फ्रुटी केक ,चाकलेट, बिस्कुट र मिनरल वाटर अस्पतालमा कोरोना पोजेटिभका लागि बुझाइएको हो ।


उक्त सामान मेराज अहमद हिमालय, डा. उबेदुर्राहमान , सैयद आशफाक रसुल हाशमी (सैयद नेपाली) र मोबीन समीर हल्वाईले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् । लकडाउन रहेकाले उपमहानगरपालिकाले अस्पतालसम्म सामान ढुवानीको व्यवस्था मिलाएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया