लकडाउनलाई प्रभावकारी बनाउन नेकपा क्षेत्र नं. ३ ले समन्वयमा काम गर्ने




कोरोनाका कारण हातमुख जोर्न अभाव हुनेहरुलाई सघाउन स्थानीय सरकारसँग नेकपा क्षेत्र नं. ३ ले समन्वयमा काम गर्ने भएको छ । क्षेत्र नं. ३ का संयोजक दीपेन्द्र बहादुर शाह युगान्तले र सचिव किस्मत कुमार कक्षपतिले नेकपा क्षेत्र नं. ३ को बैठकमा लकडाउनलाई प्रभावकारी बनाउन प्रशासनलाई सघाउने, स्वयंसेवक परिचालन गर्ने एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय भएको जानकारी दिएका छन् ।


बैठकले लकडाउनलाई कडाईका साथ लागु गर्न भारतसंग सीमा जोडिएका स्थजानमा निगरानी गर्ने, बाहिरबाट आएका मानिस खोज्ने, लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन सघाउने निर्णय गरेको हो ।



प्रतिक्रिया

प्रतिक्रिया