रहेनन् सात सालका योद्धा तामाङ

२००७ सालको क्रान्तिको अग्र मोर्चामा रहेका श्यामकुमार तामाङको निधन भएको छ । शनिबार राती तामाङको निधन भएको हो । २००७ सालका क्रान्तिको अग्र मोर्चामा रहेका तामाङ नेपालगन्जको कारकाँदोमा बस्दै आएका थिए ।


तामाङको निधन प्रति दुःख व्यक्त गर्दै क्रियटिभ ह्याण्डसका अध्यक्ष टिएस ठकुरीले उनको भनाइ सम्झदै सामाजिक सञ्जालमा लेखेका छन्, ’अहिलेको जस्तो आन्दोलन हो र ? हामीले त क्रुर राणाँसँग लडेरै जितेरै पो प्रजातन्त्र ल्याएको’ भन्नुहुन्थ्यो । वास्तवमा तपाईंको संघर्ष, त्याग, निष्ठा, इमान्दारिता हाम्रा लागि सदैव मार्ग निर्देश हुनेछ । अलबिदा श्याम दाइ ।

प्रतिक्रिया

प्रतिक्रिया