नेपाल, भारत सीमाको जमुनाहमा भारतबाट भित्रिएका नेपाली राखिएको क्वारेन्टाइन खाली हुने भएको छ ।
क्वारेन्टाइनमा बसेकाहरुले १४ दिन पुरा गरेकाले उनीहरुको कोरोना परीक्षण गरी सम्बन्धित जिल्ला पठाउने तयारी गरिएको हो ।
नेपालगन्ज उमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दले क्वारेन्टाइनमा रहेका १ सय ८१ जनाको आरटीडी जाँच गर्ने जानकारी दिएका छन् ।
बाँकेका आठ स्थानीय तहमा रहेका क्वारेन्टाइन खाली हुँदै गएका छन् । १४ दिन पूरा गरेपछि कोरोना जाँच गरी घर पठाउने गरिएको छ ।