न्यायिक सेवाग्राहीलाई सहयोग

न्यायिक क्षेत्रका सेवाग्राहीका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिंदै

राप्ती गणेश कन्स्ट्रक्सनले जिल्ला अदालत बाँंके,उच्च अदालत तुल्सीपुर ईजलास नेपालगन्ज र सरकारी वकिल कार्यालय बाँंकेमा सेवा लिन आउनुहुने सेवाग्राहीका सुरक्षामा आवश्यक सामाग्री सहयोग गरेको जनाएको छ ।
राप्ती गणेशले आज आइतवार ग्लोब्स, माक्स, सेनिटाइजर उपलब्ध गराएको हो । राप्ती गणेश कन्ट्रक्सनका संचालक ओम नारायण शाहले सेवाग्राहीका लागि आवश्यक मेडिकल सामाग्री उपलब्ध हस्तान्तरण गरेका हुन् । अधिबक्ता बल बहादुर चन्द, विश्वजित तिवारी लगायतको पहलमा सामाग्री उपलब्ध दिइएको कम्पनिका संचालक ओम नारायण शाहले जानकारी दिए । कम्पनिले यसअघि नेपालगन्ज उपमहानगरपालिकामा स्थापित कोरोना विरुद्धको कोषमा १ लाख रुपिया उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया