यी हुन् आउने वर्षका विदा


नयाँ वर्ष २०७७ सालमा केन्द्र सरकारले दिने सार्वजनिक बिदाको सूची नेपाल राजपत्रमा प्रकाशित गरेको छ। सचिव महेश्वर न्यौपानेले जारी गरेको पत्रमा ५२ शनिबार बिदा उल्लेख छ भने पर्व, जयन्तीलगायतमा बिदा दिने उल्लेख छ।

नयाँ वर्ष वैशाख १ मा बिदा हुनेछ। यस्तै महाशिवरात्री फागुन २७, पहाडी जिल्लामा होली चैत १५, तराई जिल्लामा होली चैत १६ मा बिदा हुनेछ।

धर्म संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि पनि सार्वजनिक बिदा दिने उल्लेख छ।

हरितालिका तिजको अबसरमा भदौ ५ गते महिला कर्मचारीलाई मात्र बिदा छ। जितिया पर्व मनाउनेका लागि भदौ २५ गते बिदा छ।

फागुन ४ गते बसन्त पञ्चमीका दिन शिक्षण संस्थामा बिदा दिइएको छ।

काठमाडौं उपत्यकालाई मात्र जात्रामा बिदा दिइएको छ। गाईजात्रा साउन २० गते, इन्द्रजात्रा भदौ १६ गते, घोडेजात्रा चैत २९ गते र मत्स्येन्द्रनाथको भोटो देखाउने दिन बिदा दिइएको हो।

दशैंका लागि कात्तिक ७ देखि ११ सम्म बिदा दिइएको छ। फूलपातीदेखि एकादशीसम्म बिदा दिइएको हो। कात्तिक २९ गते लक्ष्मीपूजा पूजा, कात्तिक ३० गते म्हपूजा र मंसीर १ गते भाइटीकामा बिदा छ।

सरकाले विभिन्न दिवसमा बिदा दिने निर्णय गरेको छ। वैशाख १९ गते मजदुर दिवस, संविधान दिवस असोज ३ गते बिदा छ भने फागुन २४ गते महिला दिवसमा महिलालाई मात्रै बिदा छ। यस्तै अपांगता भएका कर्मचारीलाई मंसीर १८ गते बिदा छ। दिवसको अबसरमा बुद्ध जन्यन्तीमा वैशाख २५ गते बिदा दिइएको छ ।

आगामी वर्षपनि धेरै जसो पर्वहरुलाई स्थानीयस्तरमा दिइने र सम्बन्धित वर्ग, वर्ग र धर्मसँग सम्बन्धित विदाका रुपमा राखिएको छ । इदलाई त्यसरीनै राखिएकोमा असन्तुष्टि देखाइन थालेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया