जाजरकोट/
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि यसै गरी फैलिन सक्ने सम्भावनालाई नियन्त्रणमा राख्न जाजरकोटमा तयारी थालिएको छ । नेपाल सरकारद्धारा गठित भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति र जाजरकोट जिल्ला सुरक्षा समितिले गरेको निर्णयलाई कार्यान्वयन गर्दै पहाडी क्षेत्र बिकास अभियान, जाजरकोटले बिभिन्न सचेतना मुलक कार्यलाई अभियानका रुपमा तिब्र रुपमा अगाडि बढाएको छ ।
जाजरकोटमा पहाडी क्षेत्र बिकास अभियान, जाजरकोट द्वारा सँचालित अबसर परियोजनाको आर्थिक सहयोगमा कुशे गाउँपालिकाद्वारा स्थापना गरिएका स्वास्थ्य सहायता कक्षमा दैनिक जसो १ सय ५० देखि २ सय नागरिकको स्वास्थ्य परिक्षण हुने गरेको छ ।
गाउँपालिकाको प्रवेशद्वार पाँचकाटिया, बाटुल्यमा गाउँपालिका भित्रिने र बाहिरिने नागरिकहरुको स्वास्थ्य परिक्षण गर्ने गरिएको छ भने, पालिकाको प्रशासनिक केन्द्र थर्पुभार्मामा सेवाग्राही नागरिकहरुको स्वास्थ्य परिक्षण गर्ने गरिएको गाउगाउँपालिका स्वास्थ्य शाखालजनाएकोे छ । हालसम्म परिक्षण गरिएका नागरिकहरुको स्वास्थ्य अबस्थालाई हेर्दा नोवेल कोरोना भाइरस (ऋइख्क्ष्म्–ज्ञढ) को संक्रमण भएको आशंका गर्नुपर्ने कोही पनि नागरिक फेला नपरेको गाउँ स्वास्थ्य शाखाले दावी गरेको छ ।
सर्वसाधारणलाई कोरोना बारे सचेत गराउन परियोजनाले माइकिङ्गबाट गाउँपालिकाका सबै गाउँ–टोलमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रण सम्बन्धिका सुचना समेत प्रवाह गरिरहेको परियोजना सँयोजक रोशन थापाले बताएका छन ।
परियोजनाले प्रवाह गरिरहेको सुचनामा मानिसहरु एकै ठाउँमा भेला तथा जम्मा नहुने, एक व्यक्तिबाट अर्को व्यक्ति ३ फिट टाढा रहने, अनिबार्य मास्क प्रयोग गर्ने, घण्टा–घण्टामा साबुनपानीले मिचीमिची हात धुने, लकडाउन अबधिभर आफ्नै घर तथा स्थानमा सुरक्षित रहने जस्ता सन्देशहरु गाउँ–टोलमा प्रवाह गरिरहेका सँयोजक थापाले बताए ।
कोही कसैलाई उच्च ज्वरो आएमा, थकाई तथा सुख्खा खोकी लागेमा तत्काल स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउनु माईकिङ्ग मार्फत सबैलाई भन्ने गरिएको छ सँयोजक थापाले भने–“बिदेश तथा भारतबाट आउनु भएका जो कोही पनि २ हप्तासम्म अरुको सम्पर्कबाट टाढा रहेर होम क्वारेन्टाइनमा बसिदिनु अनुरोध गर्दै, २ हप्ता भन्दा अगाडी आउनु भएका महानुभावहरुले बाटुले बजारमा रहेको स्वास्थ्य सहायता कक्षमा पुगेर स्वास्थ्य जाँच गराउनु ब्यापकरुपमा प्रचार प्रसार भईरहेको थापाले बताए ।