कोरोना भाइरस (कोभिड– १९) को संक्रमणलाई कम गर्न भनि गरिएको लकडाउनले दैनिक ज्याला मजदुरी, रिक्सा चलाएर जीविकोपार्जन गरेर खाने वर्गहरु समस्यामा पर्ने देखिएपछि सहयोगका लागि कोष स्थापना गरिएको छ । प्रदेशसभा सदस्य कृष्णा केसी (नमूना)को संयोजनमा स्थापना भएको कोषमा नमूना आफैले ५० हजार र अवधारणा अघि सारेका डा. राजन पाण्डेले ५० हजार रुपिया जम्मा गरेका हुन् ।
खासगरि लकडाउनबाट अति प्रभावित बिपन्न बर्ग (मजदुर)का लागि प्रत्यक्ष कोष परिचालिन गर्ने जानकारी दिंदै सांसद नमूनाले भनिन्, यो सबैको साझा कोष हो, जस्ले जति सकिन्छ सहयोग गरौं ।
कोष स्थापनाको सञ्चार भएपछि सहयोगीहरु देखा परेका छन् । स्त्रीरोग विशेषज्ञ डा. कुमार सान शाहले पनि ५० हजार दिने घोषणा गरेका छन् । सहकारी बैंककी सञ्चालक बिजया धितालले कोषमा २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छन् ।
राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष कुश्माखर बश्यालले रु १० हजार, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य भिम बहादुर रोकायले आधा महिनाको तलब दिने घोषणा गरिसकेको कोषमा सोफिया रेजिडेन्सियल स्कूलले ३० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बुधवार सामाजिक सञ्जालमा सांसद नमूनाले उक्त कोष घोषणा गरेकी थिइन् ।