भेरी अञ्चल अस्पतालमा कोरोना विरुद्ध सतर्कता अपनाउँदै आइसुलेसन वार्डको व्यवस्था गरेको छ । अस्पतालले तत्कालका लागि आइसुलेसन वार्डमा पाँच शैय्याको व्यवस्था गरेको हो । विश्वमा देखिएको कोरोनाको सतर्कताका लागि नेपालमा पनि उपचारको पूर्व तयारी स्वरुप विभिन्न अस्पतालमा आइसुलेसन वार्डको स्थापना गरिएको छ ।
‘अस्पताल जोखिम विरुद्ध तयार अवस्थामा छ’, भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले भने, ‘अहिलेसम्म अस्पतालमा कोरोनाकै आशंकामा कुनै पनि बिरामी परीक्षणका लागि आउनु भएको छैन ।’