कास्की समाजमा सुवेदी


कास्की सेवा समाज बाँकेको अध्यक्षमा डम्बर राज सुबेदी चयन भएका छन् । शनिवार भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशनबाट सुबेदीको अध्यक्षतामा १४ सदस्यीय कार्य समितिको सर्वसम्मत चयन भएको हो ।


गिरिराज पौडेलको संयोजकत्वमा बामदेव न्यौपाने र बाबुराम कंडेल सदस्य रहेको निर्वाचन समितिले सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरेको थियो ।
नवनिर्वाचित कास्की समाजमा शालिकराम लम्साल बरिष्ठ उपाध्यक्ष, भरत बहादुर रानाभाट उपाध्यक्ष, होमनाथ गिरि सचिव, तोजेन्द्र बहादुर बि. क. कोषाध्यक्ष र डा. ढकनाथ सापकोटा सह सचिव निर्वाचित भएका छन् । कार्यसमितिमा रामचन्द्र त्रिपाठी, इन्दु अधिकारी, अछरी पोख्रेल, टिकाराम देवकोटा, बिनोद कुमार पौडेल,चक्रपाणी पौडेल, टंकनाथ पौडेल र कृष्णराज पौडेल सदस्य निर्वाचित भएको सचिव होमनाथ गिरिले जानकारी दिए । त्यसअघि नेपालगन्ज उप महानगरपालिकाका उप प्रमुख उमा थापा मगरले अधिवेशन उद्घाटन गरेकी थिइन् । समाजले स्मारिका पनि प्रकाशन गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया