नेपालगन्जमा छानिए, मिस नेपालगन्ज र मिस लिटिल भेरी

एक्स जेनेरेसनको आयोजना शनिबार भएको सौन्दर्य प्रतियोगितामा मिस नेपालगन्ज र लिटिल मिस भेरीको चयन गरिएको छ । मिस नेपालगन्ज २०१९ को उपाधी सन्ध्या शाहले हात पारेकी छिन् भने लिटिल मिस भेरीको उपाधी मान्या अग्रहरीले हात पारिन् ।


नेपालगन्जको रंगशालामा आयोजित फाइनल राउण्डमा १२ जना प्रतिस्पर्धीलाई उछिन्दै सन्ध्या ‘मिस नेपालगन्ज २०१९’ को विजेता बन्न सफल भएकी हुन् । त्यस्तै, फस्ट रनरअप एकता बुढाथोकी बनिन भने सेकेन्ड रनरअप निशा श्रेष्ठ बनिन् । लिटिल मिस भेरीको फष्र्ट रनर अप एप्रील आले मगर र सेकेन्ड रनर अप सिम्रन शाह घोषित भएकी थिइन् ।


फिनालेको निर्णायकमा पूर्व प्रधानसेनापति रुक्मांगत कटुवाल, रिबन इन्टरनेसनलको सिइओ निशु झा, मिसेस नेपाल इन्टरनेसनल २०१९ को बिजेता भविशा कोइराला चटौत, नेपालगन्जका पहिलो प्रोफेसनल मोडेल अजय पोख्रेल, नेपालगन्जका स्थानीय तथा नेपालकै पहिलो मुस्लिम मेल मोडेल राजा खान रहेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया