सहकारी प्रकरण : अधिवक्ता माथि नै आक्रमण

सहकारी वित्तीय विकास संस्थामा करोडौं रुपैयाँ अपचलन भएको मुद्दामा आरोपी अदालत आउने क्रमसँगै बहसले तिव्रता पाएको छ । बुधबार मात्रै जिल्ला अदालत बाँकेले अभियुक्त मध्येका विजय पाठकलाई २५ लाख धरौटी माग गर्ने आदेश गरेको छ ।


आदेश अनुसारको धरौटी रकम जम्मा रकम जम्मा गर्न नसकेका पाठकलाई कारागार पठाइएको अदालत स्रोतले जनाएको छ । यसअघि ४१ आरोपीहरु मध्ये १० जना अदालतमा हाजिर भएकोमा पाँच जना धरौटीमा छुटेका छन् भने ५ जना कारागार चलान भएका छन् ।


यसैबीच, पाठकका पक्षमा बहस गरेको भन्दै एउटा समूहले अधिवक्ता सुनिल श्रेष्ठको ल फर्ममा आक्रमण गरेको छ । उत्तेजित समूहले नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष समेत रहेका अधिवक्ता श्रेष्ठको ल फर्ममा आक्रमण गरेको हो ।

‘प्रायोजित भिडले आतंकित पार्ने गरी फर्ममा आक्रमण गरे’, अधिवक्ता श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘नम्र बोलेर सम्झाएँ, बुझाएँ ।’ ल फर्मको आक्रमणलाई लिएर कानुन व्यवसायीहरुले सुरक्षा चिन्ता गरेको औंल्याउँदै बार उपाध्यक्ष श्रेष्ठले भने, ‘आक्रमणमा आउनेहरु कसैबाट परिचालित थिए भन्ने कुरा प्रष्ट छ ।’

प्रतिक्रिया

प्रतिक्रिया