नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ की कमला पौडेल अधिकारी १० दिने कुसन बनाउने तालिममा सहभागि हुनुभयो । अधिकारी सहित तालिममा सहभागि १५ जना महिला कुसन बनाउन सक्षम भएका छन् । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ को सहयोगमा थार महिला विकास केन्द्रले आयोजना गरेको तालिममा सहभागि अधिकारीले तालिम आफुहरुका लागि निकै फलदायी भएको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले सानो लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने भन्दै तालिमबाट सिकेका कुरालाई ब्यवहारमा उतार्दै आम्दानीको माध्यम बनाउन आग्रह गर्नुभयो । उहाँले वडा कार्यालयले महिलालाई स्वालम्वन बनाउन सहयोगको नीति लिएको भन्दै सिकेको सिपलाई ब्यवसायमा जोड्न आग्रह गर्नुभयो । कार्यक्रममा थारु महिला विकास केन्द्रका अध्यक्ष ललिता चौधरीले कुसन बनाउने तालिम महिलाहरुका लागि साह्रै उपयोगी भएको बताउनुभयो ।
उहाँले आगामी दिनमा पनि यसखालका कार्यक्रममा सहयोग गरि महिलालाई आर्थिक रुपमा अगाढी बढाउन सहयोग गर्न वडा कार्यालयको ध्यानाकर्षण गराउनुभयो । तालिमका वडा सदस्य राजरानी पासी प्रशिक्षक बासमती चौधरी लगायतले पनि मन्तव्य राख्नुभएको थियो ।