नेपालगन्जमा बुधवार दार्शनिक आचार्य ओशोको जन्मोत्सव मनाइएको छ । ओशो जीवन जागृति केन्द्र नेपालगन्जले औपचारिक कार्यक्रम गरि जन्मोत्सव मनाइएको हो ।
‘परम गुरु ओशोको शुभ जन्मदिनको अवसरमा ध्यान, सत्संग र वृक्षरोपण गरिएको छ,’ आफुले त्यसका लागि आवश्यक विरुवा उपलब्ध उपलब्ध गराएको जानकारी दिंदै हरित अभियन्ता हेमन्तराज काफ्लेले दैनिक नेपालगन्जसँग भने ।
आचार्य भरत सिलवाल, आचार्य पुष्कल नेपाल र ओशो जीवन जागृति ध्यान केन्द्र नेपालगन्जका अध्यक्ष पुष्कर खडका र सुर्खेतका अध्यक्ष अकल बहादुर शाही र आचार्य कोहलपुरका कुमार उप्रेतीले ओशो आश्रम राझामा संयुक्त रुपमा वृक्षरोपण गरिएको हो ।
आचार्य वितकाम (पुस्कल नेपाल) कार्यक्रमको सुरुवातमा ओशोको दर्शन र ध्यानका बारेमा जानकारी गराए । आचार्य भरत सिलवालले सहभागीलाई कुन्डलनी ध्यानको अभ्यास गराएका थिए । ध्यान केन्द्रका सचिव किरण महराका अनुसार, सयबढीको सहभागितामा भएको उत्सवमा ओशोबारे जानकारी पनि गराइएको थियो । त्यस्तै केक काटेर पनि ओशो जन्मोत्सव बनाइएको छ ।