नरैनापुरमा पालिका स्तरीय कर्मचारी मिलन केन्द्र गठन

बाँके – बाँकेको नरैनापुरमा आज पालिका स्तरीय कर्मचारी मिलन केन्द्र गठन गरिएको छ । नरैनापुर गाउँपालिकाकाे कार्यालयमा कार्यरत स्थानीय तहका कर्मचारीहरूले पालिका स्तरीय १७ सदस्यीय कर्मचारी मिलन केन्द्र गठन गरेका हुन्। जीवनलाल यादवको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा राम यश यादव, सचिव मुकद्दर अली मुकेरी र कोषाध्यक्षमा बडेलाल विश्वकर्मा रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा लक्ष्मी कान्त मिश्र, जय प्रकाश पाठक, मुन्सी प्रसाद यादव, राजेन्द्र प्रसाद पाठक, जगराम यादव, बुद्धि प्रसाद चौधरी, दुर्गा प्रसाद शर्मा, दाताराम यादव, सिराज दर्जी, रन्जीत खाँ, टेक बहादुर धोवी, मुराद खाँ र समीर दर्जी रहनुभएको छ । नरैनापुर गाउँपालिकाकाे शिक्षा तथ प्रशासन शाखा प्रमुख लक्ष्मी कान्त मिश्रकाे अध्यक्षता तथा स्थानीय तह कर्मचारी मिलन केन्द्रका केन्द्रिय सदस्य तारा थापाकाे प्रमुख आतिथ्यतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

कार्यक्रममा खजुरा गाउँपालिकाका पंजीकरण तथा राजश्व शाखा प्रमुख राजेन्द्र बर्मा, डुडवा गाउँपालिकाका वडा सचिव राम अचल यादव, कार्यालय सहायक राधेश्याम गाेडिया लगायतकाे उपस्थिति थियाे ।

हेर्नुस् भिडियो

प्रतिक्रिया

प्रतिक्रिया