नेपाल-भारत सीमा सुचारु

नेपालगन्ज – शनिबार अवरुद्ध भएको नेपाल–भारत सीमानाका आइतबार सुचारु भएको छ । भारतको अयोध्याको विवादित भूमिका सम्बन्धमा सर्वोच्च अदालतले फैसला गरेपछि सुरक्षाका कारण भारतले सीमा नाका बन्द गरेको थियो ।


नेपालगन्ज भन्सार प्रमुख शान्तिराम निरौलाले आइतबार आवातजावत सहज रुपमा भएको बताए । ‘शानिबार सुरक्षाका कारणले भारतले सीमा बन्द गरेको थियो’, उनले भने, ‘आइतबार विहान बाट सीमा सहज भएको हो ।’


बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले सीमा बन्द र सुचारु गर्दा भारतबाट आधिकारिक जानकारी प्रशासनलाई नदिएको बताएका छन् । ‘आवातजावतमा समस्या भएको कुनै गुनासो प्रशासनलाई आएको छैन’, उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया