‘अभिभावकको भूमिका महत्वपूर्ण’

नेपालगन्ज – जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक (डिएसपी) शिब बहादुर सिंहले बालबालिकाहरुलाई असल मार्गमा लगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । युएनडिपीको सहयोगमा बास नेपालगन्जद्वारा आयोजित सुशासन र सामुदायिक सुरक्षा अभिवृद्धिमा विद्यार्थीको भूमिका बिषयक अन्तरसम्बाद कार्यक्रममा नायब उपरिक्षक सिंहले बालबालिकालाई सही बाटोमा लगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।


अभिभावकलाई असल र खराबको बारेमा स्पष्ट जानकारी नहुँदा समस्या सिर्जना भएको भन्दै अभिभावक शिक्षा जरुरी रहेको डिएसपी सिंहले बताए । परिवार र शिक्षकले आफ्नो जिम्मेवारी रामोसँग पुरा गरेमा बालबालिकाहरु कहिल्यै गलत बाटोमा नलाग्ने उनको दाबी थियो ।


कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुलाई डिएसपी सिंहले लागु औषध, ट्राफिक ब्यवस्थापन, बाल बिवाह, साइबरक्राइम लगायतका बिषयमा जानकारी दिंदै सो प्रयोग गर्दा हुने समस्या तथा कानुनी कारवाहीका बारेमा जानकारी गराएका थिए ।


अन्तर सम्बादमा बोल्दै धम्बोझी माविका सहायक प्रधानाध्यापक पूर्ण बहादुर शाहीले प्रहरीले गरिरहेको काम प्रशंसनीय भएकाले सो अभियानमा सबैले सहयोग गर्नुपर्ने धारणा राखे । उनले बिद्यार्थी अभिमूखिकरणले बिद्यार्थीहरुलाई ब्यवहारिक ज्ञान हासिल भएको बताए ।


बासका कार्यक्रम संयोजक शम्भु शाहीले सञ्चालन गरेको कार्यक्रममा बासका उपनिर्देशक हेमराज भट्टले बासले सुशासन तथा सामुदायिक सुरक्षामा गरिरहेको अभियानको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला स्थित लागु औषध ब्यूरो नेपालगन्जका प्रहरी निरिक्षक बिर बहादुर थापा, बासका कोषाध्यक्ष छबीलाल सुनार लगायतको उपस्थिति रहेको थियो ।


यसैगरि प्रहरी र ब्यवसायीहरु बीचको अन्तरसम्बाद कार्यक्रम बिहिवार आयोजना गरिएको छ । बासको आयोजना भएको कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष तथा सामाजिक सदभाव मुल समिति नेपालगन्जका संयोजक नन्दलाल बैष्यले सामाजिक सदभाव कायम गर्न प्रहरीलाई सहयोग गर्नुपर्ने बताएका छन् ।


कार्यक्रममा इलाका प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरि निरिक्षक हरि बस्नेतले प्रहरी आम नागरिकको साथी भएकाले हरेक ब्यक्तिको साथ र सहयोग प्रहरीलाई अपरिहार्य भएको बताए । अन्तरसंवादमा बोल्दै ट्राफिक प्रहरी कार्यालय नेपालगन्जमा प्रहरी निरिक्षक पबिन्द्र बमले नेपालगन्जमा ट्राफिक ब्यवस्थापन चुनौती पूर्ण रहेपनि त्यसलाई ब्यवस्थापन गर्न लागि परेको बताए । उनले सबैले ट्राफिक नियमको पालना गरि सहयोग गर्न अपिल गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया