एकताले सामाजिक सद्भाव मजबुत हुने

नेपालगन्ज – सबै समुदाय, धर्म, जातजाती र सार्वजनिक निकाय बिच समन्वय, सहकार्य र एकताले सामाजिक सद्भाव मजवुद हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । मंगलबार बाँकेको नरैनापुर गाउँपालिका स्तरिय सामाजिक शद्भाव समिति गठन कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।


नरैनापुर गाउँपालिकामा विभिन्न धर्म, जात, जाती र समुदायको वसोवास रहेको बताउँदै सबै बीच भातृत्वको भावना विकास गरि सामाजिक शद्भाव कायम गर्न सकिने सहभागीहरुको भनाइ थियो । कार्यक्रममा पालिका महेन्द्र माबि मटेहियाका पूर्व प्रअ पेशकार सिंहले बिगतका वर्षहरुमा बिभिन्न कारणले बिभिन्न द्वन्द्वका घटनाहरु घटी सामाजिक सद्भावमा खलल् आएको भएपनि पछिल्लो समय सबैको प्रयासले सामाजिक शद्भाव मजबुद बन्दै गएको बताएका थिए ।

विभिन्न सरोकारवाला निकाय तथा संघ संस्थाहरुको पहलमा सामाजिक शद्भाव कायम राख्न गरिएका प्रयासहरुको कारण पछिल्लो वर्षहरुमा नरैनापुर गाउँपालिका सामाजिक शद्भावको क्षेत्रमा अब्बल सावित भएको उनको भनाइ थियो ।


नरैनापुर क्षेत्रमा सामाजिक शद्भाव कायम राख्ने उद्देश्यले पालिका स्तरीय सामाजिक सद्भाव समिति गठन भएको छ । युएनडिपिको सहयोगमा बासद्वारा सञ्चालित दिगो विकास र सामाजिक सदभावका लागि नागरिक सहभागिता परियोजना अन्तर्गत नरैनापुर गाउँपालिका स्ततरिय सामाजिक शद्भाव समिति गठन गरिएको हो । पालिकाका सबै वडा तथा क्षेत्रका ब्यक्तिहरुको उपस्थितिमा भएको भेलाले महेन्द्र माबी मटेहियाका पूर्व प्रअ पेशकार सिंहलाई समितिको अध्यक्ष चुनेको छ । समितिको सह संयोजकमा अञ्जली पाण्डे र सचिबमा सहजराम साहु रहेका छन् । सदस्यमा क्रमशः बावुलाल मार्य, कमला तिवारी, सिराज शेष, रामचन्द्र यादव, लदिला प्रसाद शर्मा, अम्बरलाल यादव, पवन कुमार यादव, मक्बुल अहमत मुकेरी, अमित कुमार बि.क. र दिपक कुमार बानियाँ रहेका छन् ।


कार्यक्रममा बासका कार्यक्रम संयोजक शम्भु शाहीले समितिको काम कर्तब्य र भुमिकाको विषयमा जानकारी गराएका थिए । नव गठित समितिका अध्यक्ष पेस्कार सिंहले पालिकामा सामाजिक शदभाव कायम गर्न सबैसंग समन्वय गरेर काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया