आज कोहलपुरमा निर्वाचन अधिकृतको कार्यालय खोलिंदै

नेपालगन्ज- स्थानीय तहको आसन्न उपनिर्वाचनको प्रयोजनका लागी आज बुधबार कोहलपुरमा निर्वाचन अधिकृतको कार्यालय खोलिदै छ । मुख्य निर्वाचन अधिकृत एवं बाँके जिल्ला अदालतका जिल्ला न्यायाधिश खडानन्द तिवारीले दिएको जानकारी अनुसार, आज कोहलपुर स्थित नगर बिकास समितिको कार्यालयमा औपचारिक रुपमा निर्वाचन अधिकृतको कार्यालय खोलिदै छ ।


कोहलपुर नगरपालिका वडा नं ६ मा नेपाली कग्रेसका तर्फबाट उम्मेदवार भई निर्वाचित वडा अध्यक्ष रामसोहन थारुको निधन पश्चात रिक्त पदमा आगामी मंसिर १४ गते मतदानको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।


जस अनुसार २०७६ कार्तिक २१ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने, कार्तिक २२ गते दर्ता भएका उम्मेदवारको सुुचि प्रकाशन गर्ने, कार्तिक २३ गते उम्मेदवारको बिरोधमा उजुरी दिने, कार्तिक २४ गते उम्मेदवारले नाम फिर्ता लिने, कार्तिक २४ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, कार्तिक २५ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने र मंसिर १४ गते मतदान गर्ने कार्यक्रम विर्वाचन आयोगले प्रकाशन गरेको छ ।


निर्वाचन अधिकृतले निर्वाचन क्षेत्रमा रहेका सबै मतदान केन्द्रमा मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरे पछि मतगणना सुरु गर्ने र मतगणना कार्य समाप्त भए पछि निर्वाचन परिणाम घोषणा गर्ने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिएका छन् ।
कोहलपुर नगरपालिका वडा नं ६ को वडा अध्यक्ष पदका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागी नेकपाले रामशरण थारुलाई उम्मेदवार सिफारिस गरेको छ भने नेपाली काँग्रेसले कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पाटीले श्रीधर सुवेदीलाई उम्मेदवार सिफारिस गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया