हिभ नेपालको अध्यक्षमा खटिक

नेपालगन्ज – सहयोगी आवाज (हिभ) नेपालको नेतृत्वमा गणेश दत्त खटिक चयन भएका छन् । संस्थाले दिएको जानकारी अनुसार, शनिवार भएको साधारणसभाले खटिकको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको हो ।


बाँकेको अगैयामा भएको संस्थाको नवौं वार्षिक साधरण सभाको विशेष भेलाले खटिकको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको बताइएको छ । सर्वसम्मत चयन भएको कार्यसमितिको उपाध्यक्षमा रेश्मा चौधरी, महासचिवमा कमल खत्री, सचिवमा जोगेन्द्र सोनकर, कोषाध्यक्षमा विष्णु ओली छन् । राजन शाही, तिरथ चिडिमार, गीता चौधरी, सृष्टि शाही, तरिन्द्र बहादुर थापा र बिक्रम बुढा क्षेत्री सदस्य चयन भएको संस्थाले दिएको जानकारीमा उल्लेख छ ।


गैसस महासंघ बाँके अध्यक्ष नमस्कार शाहले उद्घाटन गरेको विशेष भेलामा महासंघका पूर्वअध्यक्ष तेजबिक्रम शाह, नेपाल प्रेस युनियन बाँकेका पूर्वअध्यक्ष नरेन्द्र थापा लगायतले बोलेको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया