पवन जायसवाल /नेपालगन्ज:
नेपालीहरुको महान चाड दशैं पछिको दोस्रो ठूलो पर्वको रुपमा मानिने दिपावली पर्व पनि धूमधामका साथ मनाइन्छ । नेपाल र भारत बाहेक विभिन्न देशमा रहर्दै आएका हिन्दूहरुले पनि दिपाली वडा धूमधामका मनाउने गर्दछन् ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१९ सुर्जीगाउँमा न्यू शक्ति जायसवाल ईंट्टा उद्योगकी सञ्चालिका तारा देवी जायसवालको अगुवाईमा विगत १० औं वर्ष देखि सुर्जी गाउँमा दूर्गा पूजा जस्तै गणेश लक्ष्मीको प्रतिमा राखेर तीन सम्म पूजाआजा गरी मनाउने गर्दछन् ।
सोही अनुसार सुर्जीगाउँका निवासी अशोक कुमार ककगुप्ताको परिसरमा कार्तिक १० गते आइतवार देखि कार्तिक १२ गते मंगलवार सम्म गणेश महराज, लक्ष्मी माता, बिष्णु महराज, सरस्वती माता र कारतिके महराजको पनि प्रतिमा राखी पूजाआजा गरी मनाइएको छ साथै भाई टीका (भुर्कीको दिन) देवी जागरणको पनि आयोजना गरिएको थियो ।
भारतको रुपैडिहा, बहराइच लगायत विभिन्न स्थानबाट आएका कलाकारहरुद्वारा देवी जागरण गरिएको थियो । उक्त कार्यक्रममा तारा देवी जायसवालले कलाकार रिन्कू पाठक लगायत १५ जना कलाकारलाई र सुर्जी गाउँका बयोवृद्ध नन्द किशोर गुप्ता, श्रीराम जायसवाल, मनकामना ईंट्टा उद्योगका राम शंकर जायसवाल, राम ईंट्टा उद्योगका दिपक कुमार जायसवाल, विनोद कुमार तमोली (जायसवाल), न्यू मनकामना ईंट्टा उद्योगका सुनिल कुमार जायसवाल, भारत जिल्ला बहराइच गौरा पिपरा निवासी सुनिल जायसवाल, लेखनदार राम गोपाल वर्मा, प्रमोद कुमार जायसवाल, राप्ती सोनारी गाउँपालिका वार्ड नं.–५ गोडधोईया निवासी परसुराम जायसवाल, आकाश जायसवाल, सुरेश जायसवाल, आशिष जायसवाल, पवन जायसवाल, पुरोहित गुरुप्रसाद मिश्र लगायत २६ जनालाई फूलको माला, टीका लगाई, गम्छा ओढाएर तारा देवी जायसवालले सम्मान गरेका थिए ।
कलकत्ताका मूर्तिकार हाल रुपैडिहा निवासी बंगाली मूर्तिकारलाई नगद रु. १ हजारबाट पुरुस्कृत गरिएको थियो भने लक्ष्मी पूजा अवधीभर पुजारीका रुपमा पुरोहित गुरुप्रसाद मिश्र र घन श्याम पाठक रहनु भएको थियो भने पूजा अवधीभर अमन जायसवाल, अभय जायसवाल, अभजीत जायसवाल लगायतले सहयोग गरेका थिए ।
सो गणेश महराज, लक्ष्मी माता, बिष्णु महराज, सरस्वती माता र कारतिके महराजको प्रतिमालाई नेपालगन्ज देखि करीब १० किलोमीटर पूर्व डुडुवा गाउँपालिका वार्ड नं.–५ राप्ती नदीको सिधनियाँ घाटमा कार्तिक १३ गते बिधि विधानका साथ विर्सजन गरिएको थियो ।